बिराटनगर फागुन २३ गते । रातो तारा डट कम,बिराटनगर उपमहानगरपालिकाले नगरभित्रका बिभिन्न ठाउँहरुमा भएका वा नभएका कामहरुको बिगतमा नगरवासिहरुले प्राप्त गरेका सुजावहरुको ख्याल गर्दै कामहरु गर्दै आएकोछ ।
बिराटनगरउपमहानगर पालिकाले आज नगरवासिहरुले दिएका सुइााव अनुसारको कामभए नभएको बारेमा जनताहरुले जानकारी पाउन भनेर सार्वजनिक सुनुवाईको कार्याक्रमको आयोजना गरिएको थियो ।
बिराटनगर उपमहानगरपालिका कार्यालयमा दिपक कोईराला कार्यकारी तथा नगर प्रमुख भएर आए पछि, नगरको बिकास सरसफाई बती बिजुली पानी निमार्णहरुको कामहरु सकृयताका साथ भईरहेको सार्वजनिक सुनुवाई नगरवासीहरुले भनेका छन ।
आजको सार्वजनिक सुनुवाईमा भागलिनुहुने नगरवासिहरुले बिगतमा उठाएका बिषयहरुको पनि व्यापरुपमा छलफल र बस भएको थियो । बिग्रेका सडहरु छिटो बनाउनु पर्ने र सरसफाई नाला सफाई खाने पानीको नगरमा राम्रो व्यवस्था हुनु पर्ने र कान्छादाई मार्ग छिटो पिच गरिनु पर्ने,सडक कब्जा गरेर बसेका वा व्यापार ब्यवसाय गर्नेहरुलाई हटाईनु पर्ने
बजारमा आज भोलि चलिरहेका सिटी रिक्साहरुलाई के हो जथा भाबि चल्न दिएर बाटो आवागमनमा नकारात्मक असरपरेकोले यिनलाई छिटो ट्रफिक संग समनय गरेर सिटी रिक्साहरुको व्यवस्था मिलाउनु पर्छ- नगरवासिहरुले सार्वजनिक सुनुवाईमा बिराटनगर उपमहानगरपालिका लाई सुजावहरु दिएकाछन ।
सार्वजनिक सुनुवाईको सुजावहरु दिने काम सकिए पछि बिराटनगर पालिकाका कार्यकारी अधिकृत तथा नगर प्रमुख दिपक कोईरालाले उठेका सवालहरुको जवाफ दिर्दै भन्नु भयो-
बिगतमा नगरवासीले यसरी नै राखेका सवालहरुको ख्याल गर्दै आफु बिराटनगर आए देखिनै नगरको बिकासमा लागि परेको भन्दै,सरसफाई, बिजुली बती सबै ठाउँहरुमा बाल्ने काम, इको पार्क निमार्ण, रग साला र सभागृह मर्मत,बस पार्क निमार्णमा सकृयाता,नगरवासीहरुकै मागअनुरुप धरान रोड कालो पत्र जस्ताकामहरु भएका छन र कुनै हुदैछन भन्नु
भयो ।
त्यसैगरी,अवको दुई वर्षमा भत्काईएको सबै सडहरु बन्ने र सबै कालो पत्रेहुने छन भन्नु भयो । यि बाहेक हाल २८ वटा सडकहरु योजनामा थपेर निमार्णको काम थालिने समेत उपस्थित जनसमुहदायहरुलाई सार्वजनिक सुनुवाईमा जनकारी गराउनु भयो ।
आजको यो सार्वजनिक सुनुवाईमा उठेका योजना र सुजावहरुलाई फेरिहुने सार्वजनिक सुनुवाईका बेला सम्ममा
के कतिकामहरु गर्न सकिन्छ सुजावमा आएका सबैलाई सुचिकरण गरेरै काम गर्नै र्छौ कोईरालाले भन्नु भयो । उदघोषण प्रशासकिय अधिकृत नन्दीकेसर भण्डारी र राजेन्द्र प्रधानले गर्नु भएको थियो ।
Post a Comment