Websoft University

झापामा युवावर्ग बिदेसिएसँगै नाौमती बाजा लोप हुँदै


दमक फागुन ३० गते । रातो तारा डट कम,
युवावर्ग लामो समयसम्म वैदेशिक रोजगारीमा जाँदा यसको प्रत्यक्ष असर समाजका हरेक क्षेत्रमा पर्ने गरेको छ। यस्तै भएको छ झापा जिल्लाको दमक नगरपालिकामा। पछिल्लो समय वैदेशिक रोजगारका कारण यहाँका दर्जी युवावर्गले आफ्नो पुर्खौंली पेसालाई  निरन्तरता नदिँदा । 

उनीहरु आफ्नो पुर्खौंली नौमती बाजा बजाउने यो पेसा संकटमा परेको हो। विवाहमा बजाइने नौमती बाजा र पञ्चे बाजा बजाउने मान्छे नपाउँदा यो बाजा लोप हुने अवस्थामा पुगेको हो। यो बाजा दलित समुदायको दर्जीले बजाउने बजाउने गर्छन् । तर, पछिल्लो समय बाजा बजाउने मानिस पाउन मुस्किल हुन थालेको छ। यो पेसाबाट जिबिकोपार्जन हुन छाडेपछि युवाष्र्गले यो पेसा नै रोज्दैनन्। 

आजकल उनीहरुको पहिलो रोजाइमा वैदेशिक रोजगार पर्ने गरेको छ। आफ्नो पुख्र्यौंली पेसाको जगेर्ना गर्न तथा बाजा बजाउने कार्यको अभाव पूरा गर्न बूढा पाकाहरुले केटाकेटीलाई सिकाएर बाजा बजाउन लान बाध्य भएको बताउने गरेका छन् । युवा बिदेसिएका कारण मोरङको बेलबारी १० का एक बाजा टोलीले दुई जना बालकलाई आफ्नो टोलीमा समावेश गर्न बाध्य भएका छन्।

१० वर्षका सूर्य नेपाली र १२ वर्षका विजय सिवाले त्यही टोलीमा समावेश भएर नौमती बाजा बजाएको दुई वर्ष भयो। उनीहरुका लागि आफ्नो पुख्र्यौली सीप सिक्ने माध्यम्सँगै आफ्ना लागि खर्च जुटाउने बाटोसमेत भएको छ। नजिकैको एक विद्यालयमा नेपाली कक्षा १ मा पढ्छन् भने सिवा कक्षा ३ मा पढ्छन्। यसरी प्रत्येक बिवाहमा बाज बजाउँदै हिँड्नु उनीहरुको रहर नभई बाध्यता भएको बताउँछन् ।

आर्थिक अवस्था कमजोर भएका कारण विवाहमा बाजा बजाउँदै हिँड्नु पढाइका लागि खर्च जुटाउन भएको उनीहरु बताउँछन्। झापाको शिवसताक्षीस्थित शिवगञ्जको एक विवाहमा बाजा बजाउँदै गरेका विजय भन्छन्, ‘एउटा विवाहमा बाजा बजाउँदा एक हजार आउँछ, यसले म पढाइका लागि कापी कलम किन्छु, कहिलेकाहीँ स्कुल जाँदा खर्च पनि हुन्छ।’ उनीहरुको टोलीमा अरू पाँच जना ६० वर्ष पार गरेका छन्। यो बाजा बजाउन कम्तीमा ७ जनाको टोली आवश्यक हुने र युवा पुस्ताले यो पेसालाई निरन्तरता नदिँदा बाजा बजाउने कोही नभएर बाध्य भएर बाजा बजाउनु परेको उनीहरु बताउँछन् । 

सूर्य भन्छन्, ‘धेरै विवाह हुँदा त स्कुल पनि जान पाइँदैन, अरू साथीहरु स्कुल गएको देख्दा हामीलाई पनि स्कुल जान मन लाग्छ तर, बुबाले जान दिनुहुन्न, बाजा बजाउन लिएर जानुहुन्छ।’ बाजा बजाउन टोली नपुगेका कारण दुई जना बालकलाई टोलीमा समावेश गर्नु परेको उक्त बाजा बजाउने टोलीका प्रमुख तथा सूर्यका बुबा पलबहादुर दर्जीले बताए।

उनले भने, ‘यिनीहरुले बाजा बजाउन थालेदेखि हामीलाई धेरै सहज भएको छ, मैले टिम नपुगेपछि दुई वर्ष अघिदेखि तालिम दिएर बाजा बजाउन सिकाएको हुँ, अहिले हामीजस्तै बजाउन जान्ने भएका छन्।’  युवाहरु वैदेशिक रोजगारीमा गएका कारण बाजा बजाउने टोली नै पाउन छाडेको उनी बताउँछन् । उनी भन्छन्, ‘यो पेसामा एउटा विवाह बराबर ७ हजार हुन्छ, जिविकोपार्जन गर्न गाह्रो छ, धेरैले यो पेसा छाडेर विदेश गएका छन्, हामीले यो पेसा छाड्न सकिएन, हामीले पढेका पनि छैनौं, विदेश जान पनि उमेर गयो।’ 

उनले यहीँ रहेका युवाहरुले समेत यो पेसा गर्न लाज मान्ने गरेको बताए । उनले भने, ‘अहिलेका केटाहरु बाजा बजाएर विवाहमा हिँड्न लजाउँछन्, अब हाम्रो पुस्तापछि कसले बाजा बजाउने, हाम्रो यो पेसा नै लोप हुने अवस्था देखेर हामीले यी दुई जनालाई सिकाएका हौं तर, यिनीहरु पनि पछि यो पेसा गर्दैनन्।’ आफूहरुले आफ्नो सीपकै कारण विभेद भोग्नुपरेको उनी बताउँछन्। 

भन्छन्, ‘दलित भनेको कला र सीप भएका हुन्छन्, तर, यही कला र सीपका कारण हामी विभेदमा परेका छौं, विभेदमा परिन्छ भन्ने डरले युवाहरु यो पेसा गर्नै मान्दैनन्।’ पछिल्लो समयमा आफूहरुलाई विवाहमा जान भ्याई नभ्याई हुने गरेको उनीहरु बताउँछन्। बाजा बजाउनेको अभावमा धेरै मागहरु आउने गरेको उनीहरुको भनाइ छ।

 एक विषेश जातिले बजाउँदै गरेको बाजा पूर्वी नेपालमा अहिले अरु जातिले पनि संगठित भएर बजाउन थालेका छन्। बाजा बजाउन जान्ने मानिसहरु पाउन छाडेपछि अन्य जातिहरुले पनि समूह गठन गरेर गाउँमा रहेका केही बुढापाकाबाट सिकेर विवाहमा बजाउन थालेका हुन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.