Websoft University

बिराटनगरमा ट्राफिक अस्त व्यस्त भयो


मोरग चैत ७ गते । रातो तारा डट कम,नेपालकै ठुलो शहरका रुपमा परिचित बिराटनगरको हालत दिनानु दिन बिग्रिदै गएकोछ ।

जताततै सिटी रिक्साकै कारण बटुवारे हरूलाइ हिडन गारो भएको छ, बाटो जाम भएको पाईन्छ, र सिटी सिक्सा चालकहरुलाई कुनै प्रकारको चालक अनुमति पत्र नभएका कारण रिक्सा किनो भोलिपल्टै बाट बजारमा कुदाउन थाल्नाले हाल बिराटनगरमा यो अवस्था आएको हो ।

बिराटनगर उपमहानगरपालिकाले क्षेमता भन्दा बढी सिटी रिक्साहरु दर्ता गरेर एकातिर नगरको सोभा नै बिगारेकोछ भने हाइवेमा सिटी रिक्सा चलाउन र जुनसुकै ठाउँमा रोकेर राख्न  प्रहरीले दिएकै कारण नगरको ट्राफिक व्यबस्था बिग्रेकोछ ।

बिराटनगरमा हाल जिल्ला ट्राफिक कार्यालय भए पनि काम बेगरको नामैमात्रको जस्तो भएकोछ ।
बाटो कब्जा गर्ने व्याक्तिहरुहरुले सडक पेटी छाडेका छैनन् । ट्राफिकले त्यस्ता व्यापारीहरुलाई हटाउने प्रयास पनि गरेको पाईदैन ।

 बिराटनगर उपमहानगर पालिकार र ट्राफिक प्रहरी र प्रहरी समेतको समन्वयबाट सिटी रिक्साहरुलाई हाइवेबाट हटाउनु पर्ने र ठाउँ तोकि लोकल भाडाको दर रेट समेत कायम गर्न आम नगरवासीहरुले माग गरेका छन ।

यो बिषयमा छिटो सबैको ध्यान जावस भन्ने नगरवासीले चाहेकाछन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.