युवराज ठकुरी/केराबारी गाउँपालिका,मोरङ, चैत ४ गते ।
रातो तारा डट कम,उत्तरी मोरङ केराबारी गाउँपालिका सिंहदेवी मोरङका सोनु राई घर फर्किएको एक महिना नपुग्दै छोरा लिएर फरार भएका छ्न।
सोनु राई श्रीमान विदेश गएको मौका छोपी अर्कैसग बेपत्ता भएको खबर सनसनी फैलिएको थियो। श्रीमती बेपत्ता भएको खबर सुन्ने वितिकै श्रीमान जसमान विदा मिलाएर नेपाल हान्निएर आए घर आइपुग्दा चार वर्षे नाबालक छोरा बाहेक सबै खाली पाए पछि श्रीमतीको खोजीमा भौतारिए।
विभिन्न संचार माध्यम,प्रहरी चौकी हरेक माध्यमबाट श्रीमाती खोजिदिन आग्रह गरे।फेला नपरेपछि आफै विभिन्न ठाउँ खोज्न हिडे।बल्लबल्ल एक महिना पछि श्रीमती भेट्न सफल भए।छोराको लागि भए नि श्रीमतीलाई सारा विस्वासघात बिर्सेर अपनाई घर फर्काएर छोराको साथमा घर छाडी विदेश लागे।
जसमान ठूलो आशा,भरोसा लिएर छोरा र श्रीमती घर छाडेर विदेश गएको एक महिना नपुग्दै छोरा लिएर फरार भएको सुने पछि छागाबाट खसेझै भएका छ्न।
पहिला त श्रीमती मात्रै भागेकी थिइन अहिले त चार वर्षे छोरा र भएभरको सम्पत्ति लिएर नै हिडे पछि आशा,विश्वास र भरोसा टुटेको बताउदै पुनः छोरा खोजिदिन आग्रह गरेका छ्न।
छाडेर जानेलाई खोजीखोजी ल्याउनु नै गल्ती भएको उनका काका विपन राई बताउछ्न।
पहिला उनी सगै बेपत्ता भएका स्थानीय युवा भने अझै फर्केका छैनन् ।
श्रीमान जसमानले धेरै विश्वास र भरोसा गरेकै कारण यस्तो अवस्था सृजना भएको स्थानीयहरु बताउछन्।
Post a Comment