Websoft University

इन्धनको चरम अभाव भएपछि आयल निगमको टिमनै परिवर्तन




 विराटनगर,फागुन १९ गते। रातो तारा डट कम-
इन्धनको चरम अभाव भएपछि आयल निगमका कर्मचारीको सरुवा गरिएको छ ।

विराटनगरस्थित क्षेत्रिय कार्यालयका प्रमुख दिनेश यादवलाई आफू कार्यालयमा भए पनि फोन नउठाउने डिलर्स का मानिस बाहेक कसैलाई भेट गर्न नदिने जस्ता गलत कृयकलाव गर्दै आउनु भएको  थियो ।

पूर्वी नेपालमा इन्धनको चरम अभाव भएपछि नेपाल आयल निगमले विराटनगरस्थित क्षेत्रीय कार्यालयको टिम नै परिवर्तन गरेको हो । निगमले विराटनगरस्थित क्षेत्रिय कार्यालयका प्रमुख दिनेश यादवलाई केन्द्रीय कार्यालय तानेको छ ।

रक्सोल–अमलेखगन्ज पाइपलाइन प्रोजेक्ट प्रमुखका रुपमा कार्यरत भानुभक्त खनाललाई त्यहा पठाएको छ ।

आयल निगमको क्षेत्रिय कार्यालयबाट पर्याप्त इन्धन वितरण गरे पनि वजारमा सहज आपूर्ति मिलाउन असफल भएको निष्कर्ष निकाल्दै केन्द्रीय कार्यालयले यादवलाई सरुवा गरेको हो । विराटनगर कार्यालयमा चण्डी कार्की र अभिषेक ठाकुरलाई पनि पठाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.