बिराटनगर, चैत ५ गते । रातो तारा डट कम,
नेपाली पद्य साहित्य यात्रामा २०४५ सालमा विलौनै विलौना लघुकाव्य प्रकाशनसँगै देखिएका कवि हरि कट्टेलको छैटौँ कृति माधवआनी खण्डकाव्य हालै नेपाल प्रज्ञा प्रतिष्ठानको पुर्वाञ्चल स्तरिय एक कार्यक्रमका बीच फाल्गुण २० गते विराटनगरमा सार्वजनिक भएको छ ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभू घिमिरे र प्राज्ञ श्रवण मुकारुङ्ले सम्युक्त रुपमा विमोचन गर्नुभएको उक्त कृति विभिन्न चार शाष्त्रीय छन्दहरुको सफल प्रयोग गरी लेखिएको छ। उक्त अवसरमा विमोचित कृति माथि टिप्पणी गर्नुहुँदै प्रा डा भीम खतिवडाले माधवआनी खण्डकाव्य मात्रै खण्डकाव्यका लागि नभई कला र बिषयवस्तुका दुबै दृष्टिले जोडदार रहेको बताए ।
उनले प्रस्तुत खण्डकाव्य धार्मिक ,जातीय एवम् सान्स्कृतिक सद्भावको विम्व भएको र हरि कट्टेललाई माधवघिमिरेलाई पढ्ने जो सुकैले अब खोजेर पढ्नु पर्ने अवस्था आएको बताए ।उनले भने माधवआनी चिन्तन र दर्शनमा समेत अब्बल रहेको छ ।माधवआनी शहरको कोलाहल र आडम्वरी धनाड्य सस्कृतिबाट असन्तुष्ट भएर वैरागिएको भिक्षु माधव र वौद्द भिक्षुणी आनीकाबीच हलेसी महादेव मन्दिरमा भएको भेटपछि उब्जिएको प्रेममा आधारित कथानक रहेको खण्डकाव्य हो ।
यसमा भिक्षु र भिक्षुणीहरुमा हुने यौन मनोविज्ञानको चित्रण छ ।राष्ट्रकवि माधव घिमिरे एवम् प्रा बालकृष्ण पोखरेलको शुभकाममना र समालोचक प्रा डा गोपाल भण्डारी , समालोचक डा रामप्रसाद ज्ञवालीको समालोचकीय दृष्टिकोण रहेको यस खण्डकाव्यमा हिमाली पहाडी सौन्दर्य र सो क्षेत्रमा बसोबास गर्ने किराँत तथा शेर्पा जातिको सस्कृति सस्कार र सभ्यताको समेत वर्णन गरिएको छ ।कट्टेलका एक मुक्तकसङ्ग्रह, एक लघुकाव्य एक छन्दोबद्द कवितासङ्ग्रह र दुई गजलसङ्ग्रह यस अघि नै प्रकाशित छन ।
Post a Comment