आगामी चैत २७ गतेबाट हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावको लागि उद्योगपती शेखर गोल्छाको प्यानलले बुटवलमा पुगेर उम्मेदवारी घोषणा गरेको छ ।
गोल्छा वरिष्ठ उपाध्यक्ष रहने गरी घोषणा गरिएको प्यानलमा दिनेश श्रेष्ठ, उमेशलाल श्रेष्ठ, चन्दै प्रसाद ढकाल र ज्ञानेन्द्रलाल प्रधानको उम्मेदवारी घोषणा भएको हो ।
जिल्ला नगर उपाध्यक्षको लागि दिनेश श्रेष्ठ, बस्तुगत संघ तर्फ उपाध्यक्षको लागि उमेश लाल प्रधान र ढकालले एशोसिएट तर्फ उम्मेदवारी दिएका हुन् । त्यस्तै, कोषाध्यक्षमा ज्ञानेन्द्रलालले उम्मेदवारी घोषणा गरेका छन् ।
बुटवलमा भएको कार्यक्रममा हालका अध्यक्ष पशुपति मुरारकाले सबै उम्मेदवारलाई माला लगाएर सफलताको कामना गरेका छन् । कार्यक्रममा आगामी अध्यक्षको लाइनमा रहेकी हालकी बरिष्ठ उपाध्यक्ष भवानी राणको समेत उपस्थिती रहेको छ ।
बुटवलमा पुगेर गोल्छालाई ६९भन्दा बढि जिल्ला तथा नगर उद्योग वाणिज्य संघले समर्थन दिएका छन् ।
महासंघले हालै आफ्नो विधान परिवर्तन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा निर्वाचित हुने व्यवस्था गरेसँगै राणा अध्यक्ष हुने पक्का भएकी हुन् । यही कारण महासँघमा उपाध्यक्षको दाबेदारीको लागि तीव्र प्रतिस्पर्धा चलेको छ ।
हालै विराटनगरबाट वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले आफ्नो दावेदारी घोषणा गरेका थिए। प्रधान समुहबाट जिल्ला नगर र वस्तुगत उपाध्यक्षमा मात्र दाबेदारी घोषणा भएको छ । यी पदमा क्रमशः प्रमोद श्रेष्ठ र शंकर पाण्डेले उम्मेद्वारी घोषणा गरेका हुन् । अनलाइन बाट
Post a Comment