Websoft University

नेपालका प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने समय तय भएको छ


काठमाडौं, चैत ५ गते । रातो तारा डट कम-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने तय भएको छ। चैत १० गते प्रधानमन्त्री प्रचण्ड बेइजिङ प्रस्थान गरी राष्ट्रपति सीसँग भेटवार्ता गरेर बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम तय गरिएको छ।

‘एशियाको अवधारणामा स्वतन्त्र व्यापार र विश्वव्यापीकरण’ विषयमा चीनको हेनान प्रान्तमा पर्ने बोआओमा हुने छलफलमा पनि प्रधानमन्त्री प्रचण्डले सहभागिता जनाउने छन् ।

प्रधानमन्त्री प्रचण्डका एक सहयोगी नेताका अनुसार चिनियाँ राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता गरेर मात्रै बोआओ फोरममा सहभागी हुन जाने कार्यक्रम बनाइएको छ । राष्ट्रपति सीसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले चीनले अगाडि सारेको वान वेल्ट, वान रोडको अवधारणामा समर्थन जनाउने ती नेताले बताए ।

ती नेताका अनुसार प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच नेपाल-चीन शान्ति तथा मैत्री सन्धीको प्रक्रिया अगाडि बढाउने बारेमा सैद्धान्तिक सहमति गर्ने हुन सक्नेछ। यसअघि ०६५ मा प्रचण्ड प्रधानमन्त्री भएका वेलामा पनि शान्ति तथा मैत्री सन्धीको मस्यौदा आदान प्रदान गर्ने क्रममा समझदारीमा नपुग्दै सार्वजनिक भएका कारण सो सम्झौता तुहिएको थियो।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटवार्तामा नेपाल-चीनबीच व्यापार तथा पारवहन सम्झौतालाई कार्यान्वयनको प्रक्रियामा लैजानेबारे पनि छलफल हुने ती नेताले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा गत वर्ष चीन भ्रमण गरेका वेला नेपाल–चीनबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो। तर, त्यसलाई कार्यान्वयनमा लैजान अवलम्बन गरिनु पर्ने कुटनीतिक प्रक्रिया भने अगाडि बढेको छैन।

तिब्बतको केरुङबाट अन्तरदेशीय रेल्वे लाइन विस्तार गरी काठमाडाैं, पोखरा र लुम्बिनीसम्म लैजाने प्रक्रिया अगाडि बढाउन पनि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच छलफल हुनेछ । चीनले तीन वर्षभित्र केरुङसम्म रेल्वे लाइन विस्तार गर्ने गरी काम अगाडि बढाइरहेको छ। यसअघि पनि चीनबाट नेपालमा रेल्वे लाइन विस्तार गर्ने र त्यसका लागि चीनले लगानी गर्नेबारे पटक–पटक छलफल भएपनि त्यसबारे प्रक्रिया अगाडि बढेको छैन।

पूर्वी नेपाल र तिब्बतमा विद्युत आदान प्रदानका लागि प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच छलफल हुनेछ । पूर्वप्रधानमन्त्री ओली चीन भ्रमणमा गएको वेलामा पनि यसबारेमा छलफल भएको थियो। ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका अहिलेसम्म खुलेको छैन ।

सो नाका खुलाउन प्रधानमन्त्री प्रचण्डले चिनियाँ पक्षलाई आग्रह गर्ने योजना पनि रहेको ती नेताले बताए ।
प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिनेछन् । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.