Websoft University

चीनले नेपालमा लगानी बढायो


काठमाडौं, फागुन २९ गते । रातो तारा डट कम-
आर्थिक वर्ष ०६४र६५ मा भारतले नेपालमा ४५५ करोड लगानी गर्दा उत्तरी छिमेक चीनबाट ४४ करोड मात्रै लगानी आएको थियो ।


दश वर्षमा यो आँकडा ठीक उल्टो भएको छ, अर्थात भारतले हात झिकेको ठाउँमा चीनले स्थान लिएको भारत नेपालको लगानीका क्षेत्रबाट छिटो हटदानै राम्रो हो। भारतचाँहि खुम्चिएर ४५५ करोडबाट ४६ करोडमा झरेको छ ।

९ हेर्नुहोस् माथिको चार्टमा ०६४ र ०७३ सालको तथ्य ०
आर्थिक वर्ष ०७३र७४ मा नेपालमा चीनले ४५३ करोड लगानी गर्दा भारत ४६ करोडमा समेटिएको छ ।

नेपालमा चीनको प्रभाव बढेको बारम्बार गुनासो गर्ने भारतले कसरी यहाँको लगानी हात झिक्दै गइरहेको छ भन्ने प्रमाण यो तथ्यांकले दिएको छ ।

पाँच वर्ष अघिसम्म भारत ठूलो लगानीकर्ता
उद्योग मन्त्रालयका अनुसार आर्थिक वर्ष ०६८र०६९ सम्म नेपालमा लगानीमा चीनभन्दा भारत अगाडि थियो । त्यसपछि चीनले भारतलाई चुनौती थियो ।

आर्थिक वर्ष ०६८र०६९ मा चीनले नेपालमा ९८ करोड ६० लाख रुपैयाँ लगानी गरेको देखिन्छ । भारतले भने २ अर्ब २९ करोड रुपैयाँ लगानी गरेको थियो ।

आर्थिक वर्ष ०६९र०७० मा आइपुग्दा दुबै मुलुकबाट हाराहारी लगानी भएको देखिन्छ । भारतबाट २ अर्ब ६९ करोड लगानी हुँदा चीनबाट २ खर्ब ७७ करोड लगानी भएको छ ।

आर्थिक वर्ष ०७१र०७२ मा फेरि भारत अगाडि रहृयो । भारतबाट ३४ अर्ब ७१ करोड लगानी आयो भने चीनबाट ४ अर्ब ३६ करोड । त्यसपछिका वर्षहरुमा भने भारतबाट भएको लगानी क्रमश घट्दा चीनबाट बढेको छ ।

आर्थिक वर्ष ०७२र०७३ मा भारतले नेपालमा १ अर्ब ९४ करोड लगानी गरेको थियो । तर, चीनले सोही वर्ष ६ अर्ब २९ करोड लगानी गरेको थियो । चालु आर्थिक वर्षको फागुन २० गतेसम्ममा भारतले ४६ करोड लगानी गरेको छ । सोही समय सम्ममा चीनले भने ४ अर्ब ५३ करोड रुपैयाँ लगानी गरिसकेको छ ।

हालै भएको लगानी सम्मेलनमा चीनले ८ अर्ब ३० अर्ब अर्थात ८३० अर्ब लगानी गर्ने इच्छा देखाएको छ, भारतबाट ३१ अर्बको मात्रै प्रतिवद्धता आएको छ

यो वर्षमा चीनको लगानीका कारण ३ हजार २ सय ५१ जनालाई नेपालमा रोजगारी मिलेको छ । भारतको लगानीका कारण भने चालु आर्थिक वर्षको फागुन २० गतेसम्ममा ६ सय ४२ जनाले मात्रै रोजगारी पाएका छन् ।

लगानी सम्मेलनमा पनि भारत पछाडि
भौतिक पूर्वाधारका हिसाबले भारतदेखि नेपालसम्मको सडक सञ्जाल चीनसँगका भन्दो धेरै नै सहज छ । तर, भारत भने पछिल्लो समय नेपालमा आफ्नो लगानी बिस्तार गर्न कम गर्दै गएको देखिन्छ । भारतको अघोषित नाकाबन्दीका कारण कैयन भारतीयहरुलाई अहिले नेपालमा आफुहरुप्रति राम्रो सोच नरहेको बुझाइ छ, जसका कारण नै लगानी सम्मेलनमा भारतीय लगानीकर्ताको सहभागिता हुन सकेन ।

हालै भएको लगानी सम्मेलनमा चीनले ८ अर्ब ३० अर्ब अर्थात ८३० अर्ब लगानी गर्ने इच्छा देखाएको छ, भारतबाट ३१ अर्बको मात्रै प्रतिवद्धता आएको छ ।

अर्को छिमेकी मुलुक चीनबाट भने ८ खर्ब ३० अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । सम्मेलनमा कुल १३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आएकोमा सबैभन्दा बढी चीनबाटै आयो । चीनका लगानीकर्ताले गरेको प्रतिबद्धता रकम कुल घोषित लगानीको ६१ प्रतिशत हो ।

फागुन तेस्रो साता भएको यो सम्मेलनमा श्रीलंका र बंगलादेशले समेत भारतलाई उछिन्यो । भारतबाट आएको प्रतिबद्धता कुल घोषित रकमको २।२९ प्रतिशत मात्रै हो । अर्थशास्त्री प्रा। डा। विश्वम्भर प्याकुरेल भन्छन्(यसले रोटी(बेटीको सम्बन्ध रहेको मानिएको भारतको लगानीमा प्रश्न चिन्ह उठाएको छ ।’

यद्यपि भारतको लगानीका थुपै परियोजना पाइपलाइनमा रहेका कारण पनि लगानी प्रतिबद्धता कम आएको हुनसक्ने अर्थशास्त्री प्याकुरेलको आंकलन छ ।

चीनको तुलनामा भारतको प्रतिवद्धता कम किन रु
पछिल्लो समय चीनमा श्रमिकको ज्याला बढ्दै गएको छ, जसका कारण चीनको उत्पादन लागतमा बृद्धि भएको छ । चीनमा उत्पादन लागत बढ्दै गएपछि अहिले त्यहाँका लगानीकर्ताहरु अन्य देशमा लगानी गर्न खोज्दैछन् । नेपालमा कामदारको ज्याला कम भएका कारण उनिहरुको यहाँ आकषर्ण बढेको छ ।

चीनको तुलनामा भारतीय कामदारको ज्याला न्यून छ । एक अध्ययनका अनुसार अनुसार चीनको तुलनामा भारतमा प्रतिघन्टा उत्पादन पाँच गुणा कम छ ।

चिनियाँ समाचारपत्र ग्लोबल टाइम्स लेख्छ, ‘केही वर्षयतादेखि प्रविधिको क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताका लागि चीन एक उचित स्थान बन्दै आएको थियो । तर, अहिले प्रविधि क्षेत्रका लगानीकर्ता भारततर्फ आकषिर्त भएका छन् ।’

अघिल्लो साता चीनका प्रधानमन्त्री ली खछ्याङले बिदेशबाट आउने उद्योगको दर्तासहित अन्य प्रक्रिया स्थानीयको सरह सहज बनाउन निर्देशन दिएका छन् । अनलाइन बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.