बिराटनगर,फागुन २० गते । रातो तारा डट कम,पूर्व क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले आज पत्रकारहरु संग भेटघाट कार्याक्रमको आयोजना गरेको थियो ।
भरखरै सरुवाभई आउनु भएका प्रहरी नायव महानिरिक्षक रमेश कुमार भट्टराइले पत्रकारहरु संगको भेटमा सरकारले घोषणा गरेको यही बैशाख ३१ हुने स्थानिय निकायको निर्वाचन सम्पन्न गर्न सुरक्षा रणनिति मिलाईनेछ भन्नुभयो।
नेपाल प्रहरीलाई नागरिक मैत्री बनाउदै,अपराधिक गतिबिधिहरुलाई नियन्त्रण गर्न सफल बनाउने र सचेतना मुलक कार्याक्रमहरु सन्चालन गर्ने दण्डहिनताको अन्त्य गराउन घटना हुनै नदिने भएमा तुरुन्तै प्रहरी पुग्ने जस्ताकामहरुलाई प्राथमिक्तामा राखेको जानकारी गराउनु
भयो ।
अपराधमा कमी ल्याउन पहल गर्दै,अदालतका फैसलाहरुको कार्यान्वयनमा जोड,नागरिक समाज, मिडिया कर्मीहरुको सहकार्य, उधोग पति व्यापारी,संघ सगठन,राजनीतिक कर्मीहरु संगको सम्वन्धलाई सुमधुर बनाउदै मानव अधिकारमा जोड दिने कुरामा प्रहरी सजक रहने कुरा पत्रकारहरुलाई रमेश कुमार भट्टराईले जानकारी गराउनु
भयो ।
बिभिन्न मिडियाका सन्चार कर्मीहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै,प्रहरी नायव महानिरिक्षक रमेश कुमार भट्टराईले बिराटनगरको यातायत व्यवस्था ट्राफिक व्यवस्थामा सुधार र सीमावर्ती क्षेत्रमा हुने लागु औषध प्रयोग कर्ता र तस्करी राजनीतिक खोल भित्रको अपराधिक गतिबिधि, साना हतियार ओसार पसार समेतलाई कडाईका साथ नियान्त्रर्ण गर्ने कुरामा प्रहरी लागि पर्ने जानकारी गराईएको थियो ।
Post a Comment