युवराज ठकुरी/सिंहदेवी,मोरङ, फागुन २१ गते ।
रातो तारा डट कम,उत्तरी मोरङ सिंहदेवी जेफालेको पर्यटकीय विकास प्रचारप्रसार अभियानमा साहित्य र सङ्गीत"भन्ने मूल नारालाई आत्मसात गर्दै कुना कन्दरामा लुकेर रहेका नवप्रतिभाहरुको उजागर गर्ने अभिप्रायका साथ उत्तरी मोरङको पर्यटकीय गाविस सिंहदेवी-५,बिहिबारे जेफालेको फेदीमा नववर्ष २०७४ पावन अवसर पारेर बैशाख २गते "खुल्ला लोक गीत गायन तथा गजल प्रतियोगिताको आयोजना गरिएको छ।
मेलाबजार व्यवस्थापन समितिको आयोजनामा हरेक नयाँ वर्षमा बैशाखे मेला सहित विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिदै आएकोमा यो वर्ष पनि नियमित कार्यक्रम सगै फरक ढंगको मोफसलमा लुकेर रहेका सृजशील प्रतिभाको उजागर गर्ने उदेश्यका साथ खुल्ला लोक गीत गायन र गजल प्रतियोगिता गर्ने योजना रहेको समितिका सदस्य भीम ठकुरीले बताए।
लोक गायन प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीयहुने विजयी लोकगायकहरुलाई क्रमश: नगद रू ३०००, रू २०००,
रू १५००, र सम्मानपत्र प्रदान गरी पुरस्कृत गरिने र गजल प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुने एक एक जना विजयी गजलकारलाई क्रमश: नगद रू २५००, रू १५००, रू १०००, र सम्मानपत्र प्रदान गरी पुरस्कृत गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने लोकगायक तथा गजकारहरुले आफ्नो प्रतियोगी गीत र गजलकोको साथमा आफ्नो पुरा नाम, ठेगाना र सम्पर्क नम्बर समेत उल्लेख गरी २०७३ चैत २५ सम्म सम्पर्क गरिसक्नु पर्नेछ।
सम्पर्कका लागि
• युवराज ठकुरी "अज्ञानी"
९८१४३७७४७७
[email protected]
facebook-massage inboxma
yuvraj thakuri agyani
स्थान:-सिंहदेवी-५जेफालेको फेदी,बिहिबारे,मोरङ
प्रतियोगिता हुने मिति:-२०७४/१/२
मिति:२०७४/१/२
Post a Comment