माधव अधिकारी-
बिराटनगर,फागुन २२ गते । रातो तारा डट कम-
राट्रिय सहकारी संघको आयोजनामा एक नम्बर प्रदेश स्तरिय अनुभव आदान प्रदान २ दिने कार्यशाला गोष्ठी बिराटनगरमा शुरु भएको छ ।
गोष्ठीको उदघाटनगर्दै राट्रिय सहकारी संघ लि.का अध्यक्ष तथा सांसद केशव प्रसाद बडालले सहकारी ले निजि क्षेत्रसंग प्रतिस्पर्धागर्न प्रबिधिमैत्री हुनुको बिकल्प नभएको र सहकारी लाई सफल संस्थाको रुपमा स्थापित गर्न जिल्ला संघ र बिषयगत संघहरुको महत्वपुर्ण भुमिका हुनेकुरा बताउनु भयो।
वहाँले संसोधित सहकारी ऐन सहकारी मैत्रीआउने कुरामा बिश्वास दिलाउनुभयो । त्यस्तै अर्का सभासद ऋषीकेश पोखरेलले सहकारी आन्दोलनले नै राज्यलाई घिसारेर याँहासम्म ल्याई पुर्याएको अवस्था बताउदै मुलुक अव आर्थिक र सम्बृद्धिको बाटोमा लाग्नुपर्ने बताउनु भयो । वहाँले सहकारी हरुमा केहि बिकृती भएको बताउदै संचालकहरु मोटाउदै जाने तर सदस्यहरु चाहि लुतेहुने पबृत्तीको अन्त्यहुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा चिया केन्द्रिय सहकारी संघका अध्यक्ष गोविन्द दाहाल र सुपारी केन्द्रिय सहकारी संघका उपाध्यक्ष बिश्वनाथ ढकालले चिया र सुपारी उत्पादन देखी बजारीकरणमा रहेका समस्याका बारेमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश स्तरिय कार्यशाला गोष्ठीमा चौध जिल्लाका सहकारी संघ र बिषयगत संघका अध्यक्षहरुले छुट्टा छुट्टै जिल्लागत बिवरण प्रस्तुत गरेका थिए । गोष्ठीमा राष्ट्रिय सहकारी संघ लि.का बरिष्ठ उपाध्याक्ष मीनराज कडेलले गोष्ठीको उदेश्यमा प्रकाश पार्नु भएको थियो त्यस्तै संघका महाप्रबन्धक चित्रा कुमारी सुब्बाले केन्द्रिय संघको गतिबिधि बारे प्रस्तुत गर्नु भएका थियो।
कार्यक्रममा स्थानिय बिकाश अधिकारी शोभाकर रेग्मी डिभिजन कार्यालयका प्रमुख गोपी घिमिरे, सांसद मीना यादव सांसद मिलन राजबंशी एमाले नेता जीवन घिमिरे लगाएतले सहकारीका बारेमा बोल्नु भएको थियो । कार्यक्रमको स्वागत मन्तब्य राट्रिय सहकारी संघका संचालक तथा राष्ट्रिय सहकारी बैंक का अध्यक्ष रमेश पोखरेलले गर्नु भएको थियो ।
Post a Comment