Websoft University

टोखादेखि नुवाकोटको थानसिंहसम्म सुरुङमार्ग निर्माण हुने




काठमाडौं, चैत २८ गते । रातो तारा डट कम,काठमाडौँ उपत्यकालाई कम समय र दूरीमा चीनको सिमानासँग जोड्ने उद्देश्यसहित राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म चार किलोमिटर सुरुङमार्ग निर्माण हुने तयारी भइरहेको छ ।
सडक विभाग, वैदेशिक महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले राजधानीको टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गरिने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार काठमाडौँं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्ग अन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भइरहेको छ ।

सुरुङमार्ग निर्माणका लागि अध्ययन कार्य पूरा भइसकेको जानकारी महाशाखा प्रमुख श्रेष्ठले दिए । उनका अनुसार अध्ययनले सो सुरुङमार्गको निर्माण सम्भव रहेको देखाएको
छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्तावित त्यस सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गरेको थियो । सडक विभागले अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा बुझाइसकेको जानकारी उनले दिए ।

अध्ययन अनुसार शिवपुरी डाँडा छेडेर टोखाबाट नुवाकोटको थानसिंह फाँटसम्म पुग्ने सो सुरुङमार्गको निर्माण गरिनेछ । अनलाइन खबर बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.