Websoft University

दसगजा मिचेर भारतीय भन्सार भवन बनाउन रोक


विराटनगर,बैशाख ६ गते । रातो तारा डट कम,
सशस्त्र र नेपाल प्रहरीले नेपाल भारत सीमानाको दसगजा क्षेत्र मिचेर निर्माण गर्न थालिएको भारतीय भन्सार कार्यालयको भवन निर्माणमा रोक लगाइएको छ ।

सशस्त्र र नेपाल प्रहरीले भन्सार निर्माणको काम अघि बढ्न नदिएका हुन् । एक तले पक्की भवन निर्माण भए पनि कर्कटपाताको छानो लगाउने लगायतका काममा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

विराटनगर २१ स्थित विराटनगर भन्सार कार्यालयको पर्खालसंगै जोडेर दुई महिनादेखि भारतीय पक्षले जोगवनी भन्सार कार्यालयको भवन निर्माण थालेको थियो । भारतले तीन कोठे पक्की भवन निर्माण गरेर कर्कट पाता लगाउने तयारी समेत गरेको थियो ।

सशस्त्र र नेपाल प्रहरीले दसगजा क्षेत्र मिचेर भवन निर्माण नगर्नका लागि पटक पटक आग्रह गरे पनि भारतीय पक्षले अटेर गर्दै आएको थियो । ‘एक तले भवन निर्माण सम्पन्न गरेर कर्कटपाता लगाउने तयारी गरिए पनि त्यसपछिको काममा रोक लगाइएको हो,’ एक प्रहरीले भने, ‘अहिले भवन निर्माणको सबै काम रोकिएको छ ।’

नेपाली सुुरक्षाकर्मीको अवरोध र विरोधका बावजुत भवन निर्माण सकेर रातको समयमा कर्कटपाता लगाउने तयारी भारतीय भन्सारका अधिकारीले गरेका थिए ।

रातको समयमा कर्कटपाता लगाउने तयारी गरेको जानकारी पाएसंगै सशस्त्र प्रहरी बल वेस क्याम्प बुधनगरका प्रमुख प्रहरी निरीक्षक विदुर भट्राई नेत्रृत्वको टोली पुगेर कर्कटपाता लगाउन दिएको थिएन ।

काममा रोक लगाउनका लागि पुगेको सशस्त्र प्रहरीको टोली र भारतीय भन्सारका अधिकारीबीच कर्कटपाता लगाउने र लगाउन नदिने विषयलाई लिएर केही बेर घम्साघम्सी र भनाभन समेत भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.