
विराटनगर चैत्र,३१ गते । रातो तारा डट कम-सामुदायिक केन्द्र रानी विराटनगरले नयां बर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
विराटनगर २० ज्येष्ठ नागरिक केन्द्रमा एक नयां वर्षको उपलक्ष्यमा सामुदायिक केन्द्र रानी विराटनगरले को शुभकामना आदान प्रदान गर्दै ७ जना ज्येष्ठ नागरिकलाई हिजो सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथी मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारीले नेपाली जनताहरुमा नयां बर्षको
सुख शान्तीको कामना गर्दै सामुदायिक केन्द्रले विभिन्न सामाजिक सेवा काम गर्दै आएको प्रति धन्यवाद प्रकट गरे ।
साथै एसपी भण्डरीले दक्षिणी भेगमा सामुदायिक केन्द्रले वृद्ध तथा वृद्धा तथा असाय बालबालिकाहरुलाई न्यानो कपडा, तथा स्वस्थ्य शिविर गरेर सहरनिय काम गरेको बताएका छन् ।
कार्यक्रममा ज्येष्ठ नागरिक समाजका प्रेम बा.क्षेत्री ,समाजसेवी अरुण गुप्ता, अमृत गुरुङ, मिना जोशी, केशवलाल सिह सुवाल अधिवक्ता राजेस सुब्बा, सामुदायिक केन्द्रका अध्यक्ष योगबहादुर किशोर सुब्बाले नयां वर्षको शुभकामना व्यक्त गरेका थिए।
Post a Comment