
केराबारी गाउँपालिका,मोरङ, चैत ३१ गते । रातो तारा डट कम-उत्तरी मोरङ केराबारी गाउँपालिका तरुण दलका उपाध्यक्ष भवन ठकुरी सहित बहत्तर जना विभिन्न सङ्गठन परित्याग गरि युवा संघमा प्रवेश गरेका छ्न।

केराबारी गाउँपालिका युवा संघको कमिटी गठन कार्यक्रमको अवसरमा तरुण दलका उपाध्यक्ष भवन ठकुरीको नेतृत्वमा सन्तोष लिम्बू ,सन्जय लिम्बू ,रबि लिम्बू आशिष सुनाम,लगायत २५जना ,युवा समाज सेवी सुर्य लिम्बूको नेतृत्वमा १९जना र केराबारीका वाइसीएलका अनमोल पन्डित,रन्जित कार्की नवराज पण्डित ,राकेश सुवेदी सहित २८जना युवा संघमा प्रवेश गरेको युवा संघ केराबारी गाउँ पालिका संयोजक सुबास भुजेलले बताए।
त्यसैगरी सुबास भुजेलको संयोजकत्वमा २८सदस्यीय गाउँपालिका गठन भएको छ। सहसंयोजक भीम कार्कीको संचालन र संयोजक सुबास भुजेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा युवा संघ केन्द्रीय सचिव पर्शुराम बस्नेतको प्रमुख सम्पन्न भएको थियो।
अतिथिमा युवा संघ जिल्ला इन्चार्ज सन्तोष बान्तवा लगायतको उपस्थिति रहेको थियो।
याङ्सिला,पाटी,सिंहदेवी,भोगटेनी र केराबारीबाट भेला भएको ३००युवाहरुले केराबारी बजार परिक्रमा गरेका थिए।
Post a Comment