विराटनगर,चैत,३० गते । रातो तारा डट कम,निर्वाचन आयोगका मानवीय आयुक्त नरेन्द्र दाहालले निर्वाचनलाई स्वच्छ र निष्पक्ष धादलिरहित ढङ्गले सम्पन्न गराउनमा निर्वाचन अधिकृतहरुको महत्वपूर्ण भूमिका हुने कुरा आज समापन कार्यक्रममा बताउनुभएको हो ।
निर्वाचन आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय,विराटनगरद्वारा आज बिराटनगरमा आयोजित निर्वाचन व्यवस्थापन तथा सञ्चालन क्षेत्रीय प्रशिक्षण समापन कार्यक्रम पानसमा बती बालेर उदघाटन गरे पछि आयुक्तले सो कुरा बताउनुभएको
हो ।
वैशाख ३१ गते हुन गइरहेको निर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्र छपाईका कार्य अन्तिम चरणमा रहेको जानकारी गराउँदै उहाँले निर्वाचन सम्पन्न गराउनका लागि १२० दिन चाहिएकामा मात्र ८३ दिन पाइएको अवस्थामा पनि काम तीव्र गतिमा भइरहेको बताउनुभयो ।
उच्च अदालत विराटनगर कामु मुख्यन्यायधीश विदुरविक्रम थापाले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयररहित वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सवै पक्षरहेको बताउनुभयो।
उहाँले निर्वाचन पवित्र कार्य भएको र यसलाई सम्पन्न गर्ने कार्य न्याय क्षेत्रले पाएकाले यसलाई सफलतापूर्वक सम्पन्न गराउनुपर्ने विषयमा जोड दिनुभयो ।
उच्चस्तरीय प्रशासन सुधार सुझाव समितिका अध्यक्ष काशीराज दाहालले कानुनको अधीनमा बसेर आचारसंहिताको पालना गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा जोड दिनुभयो ।
उक्त अवसरमा प्रजिअ यज्ञराज शर्मा,निर्वाचन आयोग क्षेत्रीय कार्यालय,विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल, निर्वाचन आयोगका उपन्यायधीवक्ता घनश्याम ओझाले निर्वाचनको सन्दर्भमा देखिएका विभिन्न विषयमा प्रकाश पार्नु भएका
थिए ।
उक्त दुई दिने सो प्रशिक्षणमा झापा,सुनसरी,धनकुटा,भोजपुर,र सप्तरी जिल्लाका मुख्यनिर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी ६० जनाको सहभागिता रहेको छ ।
Post a Comment