Websoft University

चुनाबी तयारीमा माओवादी केन्द्रको सकृयता बढदै



सरोज बस्नेत-उर्लाबारी,बैशाख ४ गते । रायो तारा डट कम,
आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएसँगै नेकपा माओबादी केन्द्रको सक्रियता बढेको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा मुलुककै पहिलो शक्ति बनेको माओबादी टुटफुटका कारण दोस्रो संविधानसभाको निर्वाचनमा तेस्रोमा खुम्चियो ।

माओबादी विभाजनपछि निराश भएका कार्यकर्ताहरु फेरी पार्टी एकतासँगै स्थानीय तहको निर्वाचनमा एकीकृत भएर जुटिरहेका छन् । माओबादीले आफ्नो पक्षमा गाउँ गाउँमा चुनाबी माहोल बनाइरहेको छ ।

यसैसन्दर्भमा उर्लाबारी नगरपालिकामा पनि आफ्नो बलियो पकड बनाउन माओबादी लागेको छ । स्थानीय युवा राजीव लिम्बूलाई बाइसीयलको संयोजक बनाएर युवा परिचालनको जिम्मेवारी पार्टीले दिएको छ ।

उर्लाबारी नगरपालिकाको मेयरका आकांक्षीहरु आधा दर्जनको हाराहारीमा देखिएका छन् । जसले गर्दा सर्वसम्मत रुपमा अझै मेयरको टुंगो लाग्न सकेको छैन । उर्लाबारी नगरइन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र पौडेल मेयरका मुख्य दाबेदार हुन् ।

उनका अलवा बुद्धिजिबी हिरालाल देवकोटा, पदम राई, तोर्ण श्रेष्ठ, चेतराज श्रेष्ठ, भक्ति पोख्रेल लगायतले पनि आकांक्षा देखिएका छन् । उर्लाबारीमा पार्टीबाट कसलाई उठाउँदा बढि मत ल्याउन सकिन्छ भन्ने बिषयमा पनि अझै छलफल भइरहेको छ ।

उर्लाबारी, राजघाट, मधुमल्ला–७, ८ र ९ मिलेर बनेको उर्लाबारी नगरपालिकामा कांग्रेस र एमालेलाई टक्कर दिने माओबादीको तयारी छ ।

उता रतुवामाई नगरपालिकामा माओबादीले प्रकाश पौडेललाई मेयरको उम्मेद्वार बनाउने पक्कापक्की गरेको छ । स्थानीय लोकप्रिय ब्यक्तित्वका रुपमा छबी बनाएका पौडेलले रतुवामाईमा राम्रो मत कलेक्सन गर्ने माओबादीको दाबीछ।

रतुवामाई नगरपालिकामा अहिले माओबादीले आक्रमक रुपमा जनताको घरदैलो गरिरहेको छ । यस्तै, पथरीशनिश्चरे नगरपालिकाबाट माओबादीले स्थानीय लोकप्रिय ब्यक्ति जहरमान लिम्बूलाई मेयरमा अघि सारेको छ ।

सुकुम्बासी आन्दोलनका नेतृत्वकर्ता लिम्बूले कांग्रेस र एमालेका उम्मेद्वारलाई कडा टक्कर दिने मोआबादीको अनुमान छ । यसैबीच मिक्लाजुङ गाउँपालिकामा मोरङ क्षेत्र नं. ९ का इन्चार्ज तथा केन्द्रीय सदस्य प्रेम मिभक अध्यक्षमा उम्मेद्वार बन्ने प्रवल सम्भावना रहेको छ ।

दिनेश पौडेल, यमबहादुर गजमेर, परमजीता गौतमलगायत पनि गाउँपालिका अध्यक्षका आकांक्षी छन् । मिभकलाई गाउँपालिकाको अध्यक्ष बनाएको खण्डमा जित्ने माओबादीको अनुमान गरेको छ । मिक्लाजुङ गाउँपालिकामा माओबादीको पकड राम्रो रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.