Websoft University

याक्खा जातिहरुको भाषा तथा लिपीको सरक्षण गर्नु पर्ने




विराटनगर चैत्र २६ गते ।  रातो तारा डट कम,
किरात समुदाय  भित्र पर्ने याक्खा जातिहरुको भाषा तथा लिपीको लोपोन्मु हुदै  गएकाले यसलाई सरक्षण गर्नु पर्ने विराटनगरमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका
 छन् ।

शनिबार विराटनगरमा किरात याक्खा छुम्मा नगर कार्य समिति विराटनगरको आयोजनामा तथा विराटनगर उप महानगरपालिकाको सहयोग र नेपाल आदिवासी जनजाती महांसघ नगरको समन्वयमा आयोजित एक अन्तक्रियात्मक कार्यक्रममा उनीहरुले सो कुरा बताएका हुन् ।

 याक्खा जातिहरुको अब पुस्तालाई पनि चिनाई राख्न हाम्रो भाषा तथा लिपिलाई विर्सन नहुने किरात याक्खा छुम्माका केन्द्रिय कोषाध्यक्ष भुपेन्द्र देवानले बताए । पछिल्लो समय याक्खा जातिको भाषा तथा लिपि हराउदै गएकाले याक्खा जातिहरुले यसलाई खोज अनुसन्धान गर्दै जानु पर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महांसघ नगर समन्वय परिषद विराटनगरका अध्यक्ष सुरेस सिहं गनगाइले नगर भित्र रहेका हरेक जातिय सस्थाहरु एक जुट भई आफ्नो पहिचनलाई गुमाउन नहुने उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी, किरात याक्खा छुम्मा केन्द्रिय सदस्य अजय जिमी याक्खा, विमला लिम्वुखिम , आदिवासी जनजाति महांसघ नगर सचिव प्रेम देवान लगायतले पुर्खौ देखि चलि आएको याक्खाहरुको पहिचानलाई विर्सन नहुने याक्खा समुदायमा  जनचेतना जगाई संरक्षण गर्नुपर्नेमा जोड दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.