मोरङ, चैत २८ गते । रातो तारा डट कम,
विराटनगर स्थित नोवेल अस्पतालले गरिव तथा असहाय विरामीहरुका लागी सरकारले तोकेका सातवटा स्वास्थ्य सेवा निशुल्क प्रदान गर्न शुरु गरेको छ । अस्पतालले विराटनगरमा
हिजो पत्रकार सम्मेलन गरीे सरकारले तोकेका सातवटा स्वास्थय सेवाको आरम्भ गरिएको जनाएको छ ।
विपन्न नागरिक औषधि उपचार कोष निर्दे्शिका अनुसार सरकारले तोकेको ती सातवटा रोगका विरामीहरुलाई नोवेल अस्पतालमार्फत एकलाखसम्मको उपचार सुविधा निशुल्क रुपमा उपलव्ध हुने छ ।
विपन्न नागरिकहरुलाई मुटु रोग,हेडइन्जुरी,स्पाइनल इन्जुरी,अल्जाइमर,पार्किन्सन र मृगौला रोगको हेमोडाइलाइसि गर्नका लागि निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न थालिएको अस्पतालका निर्देशक राजेश नेपालले वताउनुभयो ।
उपचारको अभावमा कुनैपनी व्याक्तिको मृत्युु नहोस भन्नका लागी स्वास्थ्य मन्त्रालयको एकलाख रुपैया सम्मको निशुल्क औषधि उपचारको व्यवस्था मिलाएको हो,।नेपाल सरकारले सातवटा रोगको उपचारका लागी दिइने एकलाख रुपैयासम्मको निशुल्क सेवाले विरामीलाई निकै राहत पुग्ने डाक्टर नेपालको भनाई छ ।
नेपाल सरकारले नोवेलमा यो सेवा संचालनमा ल्याएपछी अव विपन्न नागरिकहरुले उपचारका लागी राजधानी धाउन नपर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालय निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने नोवेललाई सुचिकृत अस्पतालको रुपमा अनुमति दिएपछि नोवेल अस्पतालले सो सेवा शुरु गरेको हो ।
यो सुविधा लिनका लागी विरामीले स्थाइ वसोवास भएको गाउ पालिका तथा नगरपालिकावाट सिफारिस लिइ जिल्ला जनस्वास्थ्य कार्यालयमा आवेदन दिई सिफारिस समिति मार्फत उपचारका लागी सिफारिस गाराउनुपर्ने प्रावधान रहेको डा नेपालको भनाई छ ।
सरकारले तोकेको निशुल्क स्वास्थ्य सेवाका लागि यसअघि राजधानी काठमाण्डौको सरकारी अस्पताल विर अस्पताल, ट्रमा सेन्टर र मुटु रोगका लागि गंगालाल हृदय रोग निवारण केन्द्रमा संचालनमा रहेको कुरा बताएको थियोे ।
Post a Comment