बिराटनगर, बैशाख ९ गते । रातो तारा डट कम,नेकपा माओवादी केन्द्रले बिराटनगर उपमहानगरपालिकाका मेयर उप मेयर र वडा अध्यक्ष र सदस्यहरुको आज पाटी कार्यालयमा कार्याक्रको आयोजना गरेर नामावाली प्रकाशन गरेकोछ ।
उम्मेदवारी घोषणा सभाका प्रमुख अतिथि निर्वाचन परिचालन समिति संयोजक,४ नम्बर क्षेत्रका सासद तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य क. सिवकुमार मण्डलले कार्यक्रमलाई सम्बोधन गर्दै, यो बैशाख ३१ गते हुने स्थानिय तह को निर्वाचनले जनताको सिंहदरवार भित्रको अधिकारलाई आफनै घर दैलोमा ल्याईदिएकोछ भन्नु भयो।
नेकपा माओवादी केन्द्र नेपाली जनताको पाटी भएकाले जनताको अधिकार जनतालाई दिलाउन निर्वाचनमा होमि सकेकोछ भन्नु भयो ।
जनताले निर्वाचनमा सकृय भएर आफना नेताहरुलाई स्थानिय तहमा चुनाव जिताउन समेत आग्रह गर्दै घोषणा भएका उम्मेदवारलाई जनताको घर दैलोमा पुग्न जनताको मन जित्न सक्नु होस तपाईहरुलाई बधाईछ भन्ने भयो ।
बिराटनगरका मेयरका उम्मेदवार क. भोगेन्द्र यादवले आफना कुरा राख्दै नेकपा माओवादी केन्द्र जनताको पाटी भएकाले आफुहरुले नगरमा स्थानिय तहको निर्वाचनमा बिजय हासिल गर्ने दाबी गर्नु भयो ।
आफुले नगरमा बिजय भएपछि नगरवासिहरुको अधिकार सुरक्षित गर्ने बिकास निर्माणमा म जोड दिनेछु भन्नु भयो ।
त्यसैगरी उप मेयर उम्मेदवार नमिता न्यौपाने र केन्द्रिय सचिवाय सदस्य बिमल निरौला, लगाएतले बोल्नु भएको थियो।
घोषणा गरिएका बिराटनगर उपमहानगरपालिका १९ सै वडाका वडा अध्यक्ष र सदस्यहरुको नामावली पढेर सुनार्ईएको थियो ।
तल वडा अध्यक्षहरुको नामावालीमात्र राखिएकोछ ।
१ नं. वडा अध्यक्षको उम्मेदवारमा क.ईस्वर खतिवडा, २, क.बिजय कुमार साही, ३ क.सुसिला देवी भटराई, ४ खालि ५, क.अम्बिका देवी पराजुली ६ क. बिजय कामत ७ , क.सिवकुमार कार्की ८ क. सरस्वती ओइाा ९ क.टिका गुरुङ १० खाली ११ क. बिनोद साह १२ क. बिष्णुकुमार कामत
१३ क.राम चन्द्र महत्व १४ र १५ खालि १६ क. गोपाल यादव १७ क. महमत मुन्ना मियाँ १८ क. भुवनेश्वर यादव १९
क. कासि ऋषिदेव बैजनाथपुर समेत समेटिएकोछ ।
कार्याक्रमको अध्यक्षता क. हेम कार्कीले गर्नु भएको थियो ।
Post a Comment