अमृत बास्तोला-तेह्रथुम,चैत २१ गते । रातो तारा डट कम,
आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको सशस्त्र प्रहरी बल सुरक्षा वेश क्याम्पसको भवन पुनःनिर्माणका लागि स्थानीय संक्रान्तिबजार बासिले आर्थिक संकलन अभियान सुरू गरेका छन् ।
अभियानको पहिलो दिन संक्रान्तिबजारका व्यापारीबाट ४७ हजार ३ सय रूपैयाँ संकलन गरिएको आठराई पत्रकार समाज, तेह्रथुमका सचिव बासु बरालले जानकारी दिनु भयो।
आठराई क्षेत्रको शान्ति सुरक्षाका लागि स्थापित क्याम्पमा गत शनिबार राती पानी सँगै आएको हावाहुरीले भवनको छानो उडाउनुका साथै भवनमा क्षति पुगेको थियो । हावाहुरीबाट ६ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालयका प्रमुख डम्बर पुरीले जानकारी दिनु भयो ।
भवनमा क्षति भए लगत्तै स्थानीय राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सरोकारवाला संग छलफल गरि पुनःनिर्माणका लागि आवश्यक स्रोत जुटाउन सम्बन्धित निकायमा पहल गरिने सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प संक्रान्तिबजारका प्रमुख सानुकान्छा तुवानाबासुले जानकारी दिनु भएको छ ।
क्षति भएको भवनको प्रमुख जिल्ला अधिकारी आसमान तामाङ र सशस्त्र सुरक्षा बेस क्याम्प म्याङ्लुङ, तेह्रथुमका बेस पति प्रदिप सिंह कार्कीले स्थलगत अनुगमन गर्नु भएको छ ।
शनिबार आएको हावाहुरीले बजारमै रहेको नेपाल टेलिकमको टावर समेत ढलेको छ । टावर ढले पछि आठराईमा मोबाइल सेवा अवरुद्ध भएको छ ।
Post a Comment