बिराटनगर, बैशाख ९ गते । रातो तारा डट कम-बिराटनगर उपमहानगरपालिकामा मेयरको उम्मेदवार छनोट गर्न नेकपा एमालेलाई हम्महम्मे परदैआएको छ ।
मेयरको उम्मेदवारमा १२ जना आकांक्षी देखिएका भए पनि
अरूको जोडिनै आकांक्षि भने भएका छैनन् । रोचक त के छ भने मेयर-उपमेयरमा श्रीमान-श्रीमतीकै नाम एमालेको नगर कमिटीबाट पुर्व मोरङका अध्यक्ष महेश र साबित्रा रेग्मीको नाम सिफारिस भएको छ ।

एमाले स्रोतका अनुसार निवर्तमान जिल्ला अध्यक्ष महेश रेग्मीको नाम पनि मेयरमा सिफारिस भएको हो । उनकी पत्नी सावित्रा रेग्मीको नाम भने उपमेयरमा सिफारिस भएको हो ।
उम्मेदवारका लागि १२ जनाको नाम नगरसमितिमा आएको भए पनि कुनै चै नगरवासीले रूचाएका व्याक्ति परेको भनिदैछ। एमाले नगर कमिटीका अनुसार व्यक्तिगत प्रभाव र नेताहरुको दबावका कारण १२ जनाको नाम सिफारिस गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।
नगरसमितिले जिल्ला कमिटीमा सबै नाम पठाएको छ । मेयरमा जिल्ला अध्यक्ष विनोद ढकाल, उपाध्यक्ष रामलाल साह, नगर इञ्चार्ज सागर थापा, संगठन विभाग प्रमुख बाबुराम कार्कीका लगाएतका व्याक्तिहरूको नाम पनि सिफारिस भएको बुझिएको छ ।
Post a Comment