बिराटनगर,चैत्र २५ गते । रातो तारा डट कम,जिल्ला प्रशासन कार्यालय मोरङको आयोजनामा स्थानिय निर्वाचनको सुरक्षा लक्षित क्षेत्रीय गोष्ठीको आज बिराटनगरमा उदघाटन भयो ।
कार्याक्रमका प्रमुख अतिथि गृहराज्य मंन्त्री ईन्द्रबहादुर बानियाँले पानसमा बती बालेर उदघाटन गर्नु भएको थियो।
पूर्वका सोरै जिल्लाका सेना,प्रहरी,जनपथ प्रहरी, प्रमुख र सुरक्षा संग सम्बन्धित कर्मचारी,क्षेत्रीय प्रशासन प्रमुख समेत उपस्थित उक्त गोष्ठीलाई उदघाटन सत्र पछि सम्बोधन गर्दै,गृहराज्य मंन्त्रीले बानियांले देशमा स्थानिय निकायको चुनाव नभएको लामो समय भईसकेकोछ र सरकारले चुनावको घोषण गरिसकेको छ यस लाई सबै निकाय क्षेत्र मिलेर सफल पार्नु पर्छ भन्नु भयो ।
यो गोष्ठी पाँचै क्षेत्रमा हुनेछ र चुनावमा सहभागि जनता र राष्ट्रसेवक कर्मचारी,सबैको सुक्षामा ध्यान राख्नु सरकारको कर्तव्य भएकाले सबैले यस तर्फ ध्यान दिन र सुरक्षा व्यबस्था चुस्त राख्न समेत निर्देश दिनु भयो ।
सरकारले घोषणा गरेको बैशाख ३१ गतेको स्थानिय तह को निर्वाचनमा भागलिन र भोटखसाउन जनता आतुर भएकाले बेला आईपर्ने कठिनाईहरुलाई समधान गर्न र सुरक्षा व्यवस्था राम्रो मिलाउन अनुगमनको पाटोलाई नजिकबाट निगालन सुरक्षा प्रमुख हरुलाई निर्देश समेत दिनु भयो ।
त्यसैगरी गृहमन्त्रालयका सचिव लोक दर्शन रेग्मीले रिक्त स्थानिय सरकारको खाचो आम जनताले यसबेला बुइोर जसरी पनि चुनाव हुनु पर्छ -जनताहरुले भन्न थालेका छन ।
आम जनताले निर्वाचन पछि आफनै स्थानिय सरकार पाउने भएकाले चुनावमा भाग लिन जनताको उत्सुक्ता भएको पाईन्छ। सरकारको यो निर्वाचन गराउने निर्णय सफल बनाउन हामी सबैले लागि पर्नु पर्छ भन्नु भयो ।
गृहमंन्त्रालयका सहसचिव तथा मंन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले पूर्वान्चबाट सहभागि हुन आउनु हुने तीनै निकायका सुरक्षा प्रमुख ज्यु हरु र प्रशासन प्रमुख संन्चार कर्मीहरु कर्मचारी,गोष्ठीमा सहभागि सबैलाई स्वागत गर्नुहुदै आयोजक जिल्ला प्रशासन कार्यालय मोरगलाई धन्यावाद दिनु भयो र गोष्ठी सफलताको कामना गर्छु भन्नु भयो ।
Post a Comment