Websoft University

सरकार र मधेशी मोर्चाबीच कुनै सम्झौंता नभएको दाबी –उपेन्द्र यादव

     

विराटनगर, वैशाख, १० गते । रातो तारा डट कम-सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार र मधेशी मोर्चा बीच निर्वाचनको सन्दर्भमा कुनै प्रकारको सम्झौंता नभएको बताउनुभएको छ ।


संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा आज विराटनगरमा आयोजित ‘विरोधसभा’मा उहाँले सम्झौंता भएको विषयमा सञ्चार क्षेत्रले समाचार प्रशारण गरेर आतङ्क मच्चाइदिएको आरोप लगाउनुभयो ।

उहाँले संविधान संशोधन नभएसम्म र राष्ट्रिय सवालका विषयहरुमा सम्बोधन नगरिएसम्म निर्वाचन हुन नदिने र निर्वाचनमा सहभागी नहुने स्पष्ट पार्नुभयो ।

आन्दोलनको भावनालाई नसमेटिएको भन्दै संविधानमा देखिएका त्रुटिहरुलाई सच्चयाउनुपर्ने विषयमा जोड दिँदै उहाँले मधेशी आदिवासी जनजाति,दलित,मुश्लिम र थारुको भावनालाई समेटनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

राष्ट्रिय जनता दलका अध्यक्ष महन्थ ठाकुरले आपूmहरु चुनावी विरोधी नरहेको र चुनावी वातावरण बनाउने दायित्व सरकारको रहेको बताउनुभएको छ ।

उहाँले चुनावी वातावरण बनाउनका  लागि संविधानमा संशोधन, विवादित संरचनामा परिवर्तन गर्नुपर्ने, अन्तरिम संविधानमा गरिएको नागरिकता, भाषालगायतका विषयलाई यथावत राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सरकारले मधेशी मोर्चासँग गरेका तीन बुँदे सहमति लागू गर्नुपर्ने र भ्रम फैलाउने कार्य बन्द गर्नुपर्ने विषय उल्लेख गर्दै उहाँले झुठा मुद्धा फिर्ता हुनुपर्ने,आन्दोलनको क्रममा घाइतेहरुको उपचार खर्च र मृतक परिवारलाई सहिद घोषणा गर्नुपर्ने माग दोहराउनुभयो ।

सङ्घीय लिम्बूवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेनले सीमाङ्कनमा हेरफेर हुनुपर्ने विषयमा जोड दिँदै मधेशी,लिम्बूवान,ताम्सालिङ सवैलाई आफ्ना अधिकारका लागि मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा)का सहमहामन्त्री डा.सुरेन्द्र झा, राजपाका केन्द्रीय सचिव दिलिप धाडेवा,सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य एवम् सांसद उषा यादव,केन्द्रीय सदस्य सञ्जय सिंह लगायतले मोर्चालाई एकताबद्ध भएर अगाडि बढ्नुपर्ने विषयमा जोड दिनु भएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.