Websoft University

कार्यालय प्रमुखहरूको वैठकले निर्वाचन लक्षित बिभिन्न निर्णय गरो


बिराटनगर,बैशाख ५ गते । २०७४, रातो तारा डट कम-प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाको अध्यक्ष निर्वाचन लक्षित बैठक बस्यो ।

जिल्ला प्रशासन कार्यालय मोरङमा मूख्य निर्वाचन अधिकृत निर्वाचन अधिकृतहरु समेतको उपस्थितिमा जिल्ला स्थित कार्यालय प्रमुखको वैठक वसी आज देहाय वमोजिमको निर्णय भएकोछ।

निर्णय हरू:
(१) स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखी जिल्ला स्थित सवै कार्यालयहरुले आआफ्नो कार्यालयमा रहेको सवारी साधन र मेशिनरी औजारहरु मर्मत गर्नुपर्ने भए मर्मत सम्भार गरी तयारी अवस्थामा राख्ने ।

(२) मोरङ्ग जिल्लाका १७ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिई अभिमुखीकरण कार्यक्रम समेत भइसकेकोले सवै निर्वाचन अधिकृतहरु आआफ्नो स्थानीय तहमा गई यथाशिघ्र मतदान अधिकृतको कार्यालय खोली काम शुरु गर्ने ।

(३) स्थानीय तहको निर्वाचन सम्पन्न नहुँदा सम्मको लागि कुनैपनि कर्मचारीहरु लामो विदामा नवस्ने,जुनसुकै वेला निर्वाचनको काममा खटिनुपर्ने हुँदा सवै कर्मचारीहरु तयारी अवस्थामा रहने ।

(४) विदाको दिनमा र जिल्ला वाहिर कार्यालयको सवारी साधन लिएर जानुपर्दा अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र सवारी साधनको प्रयोग गर्ने ।

(५) नेपाल आयल निगम क्षेत्रीय कार्यालयविराटनगरनेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकम जस्ता कार्यालयहरुले आआफ्नो सेवालाई आगामी निर्वाचनलाई सहजता प्रदान गर्ने गरी भरपर्दो र सुदृढ तुल्याउने ।

(६) जिल्ला स्थित सवै कर्मचारीहरु वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वच्छनिष्पक्ष र भय रहीत वातावरणमा सम्पन्न गर्नको लागि सकृयताका साथ खटिने कुराको निर्णय भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.