काठमाडौ,बैशाख ३ गते । रातो तारा डट कम-नेपाली सेनासँग हुने विशेष फौजको संयुक्त सैन्य अभ्यासमा भाग लिन चिनियाँ जनमुक्ति सेनाको एउटा विशेष टोली हिजो काठमाडौं आइपुगेको छ ।
काठमाडौंमा आजबाट सुरु हुने सैन्य अभ्यासमा सहभागी
हुन चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ सुमेङसहित २२ सदस्यीय टोली काठमाडौं आएको हो।
चिनियाँ जनमुक्ति सेनाका कर्नेल याङ नेतृत्वको टोली एयर चाइनाको हवाईजहाजबाट हिजो शनिबार आइपुगेको हो । नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले संयुक्त अभ्यासमा सहभागी हुने चिनियाँ सैनिक टोली काठमाडौंमा
स्वागत गर्नु भएको थियोे ।
आज सुरु हुने नेपाली र चिनियाँ सेनाको विशेष संयुक्त सैन्य अभ्यास वैशाख १२ गते सकिनेछ । नेपाली र चिनियाँ सेनाबीच पहिलो पटक हुन लागेको सैन्य अभ्यासबाट
ले दुई देशको मित्रता राम्रो हुनेमा नेपाली जनता आसावादी
छन ।
भारतले बर्षै पिच्छे नेपाल तिर सिमना सारेर करडोै हेकटर नेपाली भुमि मिच्दैआएकोछ यसलाई पनि काउन्टर
हुनेछ भन्छन् जनता ।
नेपाली सेना र चिनियाँ सेनाबीच हुने सैन्य अभ्यास आतंकवाद सामना गर्ने विषयमा केन्द्रित हुनेछ । विश्वव्यापी सञ्जाल बनाउँदै गएको आतंकवाद र त्यसबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी नेपाली सेनाले पहिलो पटक चिनियाँ सेनासँग आतंकवादकेन्द्रित विशेष फौज संयुक्त सैन्य तालिम गरेको हो । यो अभ्यासमाको सुरुमै नेपाली जनताले सेना र जनमुक्ति सेनालाई स्वागत गरेका छन।
Post a Comment