Websoft University

देशभर १० हजार ६४० मतदान स्थल हुने


काठमाडौं, बैशाख ६ गते । रातो तारा डट कम,
आगामी स्थानीय तहको निर्वाचनमा देशभर गरी १० हजार ६४० मतदान स्थल हुने भएको छ ।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले मतदान स्थल र मतदान केन्द्रहरुलाई अन्तिम रुप दिएको हो । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मतदान केन्द्र भने १८ हजार ५ सय ७२ निर्धारण गरिएको छ ।

एक मतदान स्थानमा एक भन्दा बढी केन्द्र पनि हुन्छन् । आयोगको कार्यतालिका अनुसार चैत २० मा नै मतदान केन्द्रहरु निर्धारण भइसक्नु पर्ने थियो । 

तर, मधेस केन्दि्रत दलहरुको अवरोधका कारण प्रदेश नम्बर २ बाट सिफासिर आउन ढिलाई भएका कारण बुधबार मात्र निर्णय भएको हो । अनलाइन खबर बाट

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.