अमृत बास्तोला-तेह्रथुम, बैशाख ३ गते ।रातो तारा डट कम-
नव वर्ष २०७४ को अवसरमा आयोजित आठराई खाम्लालुङ मेलामा आइतबार पुरुष फुटवल तर्फका खेलहरु सम्पन्न भएका छन ।
बैशाख १ गते बाट जारी मेलाको तेस्रो दिन सेन्लव युवा क्लब खाम्लालुङ र थोक्लुङ युवा क्लब थोक्लुङ बीच भएको पहिलो खुल्ला पुरुष फुटवल प्रतियोगीतामा ४ गोलको विरुद्ध ५ गोल गर्दै सेन्लव युवा क्लब खाम्लालुङ विजयी भएको छ ।
त्यस्तै खेलकुद विकास समिति सम्दु र मङगोलीयन जिरिखिम्ती बीच भएको दोस्रो खेलमा एक, शन्यको गोलान्तर मङगोलीयन जिरिखिम्तीले विजयी यात्रा शुरु गरेको छ ।
हाम्पाङ युनाईटेड हाम्पाङ र राँके युवा क्लब पाँचथर बीच भएको तेस्रोे खेलमा तीन शुन्यको फराकिलो गोलान्तरले हाम्पाङ युनाईटेड हाम्पाङ बिजयी भएको छ ।
आइतबार सम्पन्न युवा सशक्तिकण ह्वाकू र आयोजक बि टिम बीचको अन्तिम खेलमा ० विरुद्ध ३ गोल गर्दै युवा सशक्तिकण ह्वाक बिजयी भएको छ ।
मेलाको चौथो दिन सोमबार महिला फुटवलको प्रथम चरणको खेल र पुरुष फुटवलको दोस्रो चरणको खेलहरु संचालन हुने आठराई खाम्लालुङ मेलाका कोषाध्यक्ष सुमन खापुङले जानकारी दिनु भयो ।
बैशाक ६ गते सम्म संचालन हुने मेलामा फुटवल प्रतियोगीता सँगै खुल्ला नृत्य, लोकदोहोरी, धान नाच, सटफुट छेलो लगायतका साँस्कृतिक तथा खेलकुद प्रतियोगीताहरु रहेको मेला आयोजक समितिले जनाएको छ ।
महेन्द्र माविको खेलमैदानमा आयोजित पुरुष फुटवल तर्फका प्रथम हुने टिमले नगद १ लाख र महिला फुटवल तर्फ प्रथम हुने टिमले नगद २५ हजार रुपैया पाउने आयोजकले जनाएको छ । मेलामा आयोजित साँस्कृतिक तर्फका प्रतियोगीताहरु भने बैशाख ५ गते संचालन हुन बाताइएको छ ।
मेलामा खुल्ला पुरुष फुटवल प्रतियोगीतामा १४ टिम र महिला फुटवल प्रतियोगीतामा ५ टिमले सहभागीता जनाएका छन् ।
Post a Comment