Websoft University

आकांक्षी धेरै हुदा उमेद्धवार छनौट गर्न दलहरूलाई सकस परिरहेको छ



विराटनगर, चैत २९ गते । रातो तारा डट कम,
स्थानीय निकाय निर्वाचन नजिकिंदै जाँदा ठूला दललाई मोरङका विभिन्न नगरपालिकामा उमेद्धवार छनौट गर्न सकस परिरहेको छ ।

लामो समयको अन्तरालपछि हुन लागेको निर्वाचनमा उमेद्धवारका आकांक्षी धेरै हुँदा कसलाई टिकट दिने भन्नेमा दलहरु अलमलमा परेका हुन् ।

कसले उमेद्धवार बन्न पाउने हो भन्ने बारेमा मतदाताबीचमा चर्चा परिचर्चा भइरहँदा काँग्रेस, एमाले, माओवादी केन्द्र समेतका दलले उमेद्धवारको अन्तिम टुँगो लगाउन सकिरहेका छैनन् । तीनवटै दल हाम्रा भन्दा पनि राम्रा उमेद्धवार छनौट गरेर स्थानीय निकाय निर्वाचन आफ्नो पक्षमा भने पार्ने दाउमा छन् ।

साना दलहरुले भने लगभग उमेद्धवारको टुँगो लगाइसकेका छन् । माओवादी केन्द्रले उमेद्धवार छनौट सहज रुपमै भइरहेको जनाए पनि काँग्रेस र एमालेलाई भने मुस्किल परिरहेको छ ।

आकांक्षीहरुले टिकटका लागि पछिल्लो सयम केन्द्रीय नेतासंगको भेटघाट र सम्पर्कलाई तीव्र बनाउन थालेका छन् । आकांक्षीको भीडबाट एक जनालाई उमेद्धवार बनाउनु पर्ने भएकाले पनि अरु आकांक्षीलाई आगामी दिनमा कसरी समेट्ने र व्यवस्थापन गर्ने भन्ने कुरा दलहरुमा अर्को चुनौती
छ ।

मोरङमा रहेका एक उपमहानगरपालिका र आठवटा नगरपालिकामा उमेद्धवार व्यवस्थापनमा समस्या भइरहेको दलहरुले जनाएका छन् । मोरङमा विराटनगर उपमहानगरपालिका, सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे, लेटाङभोगटेनी, उर्लाबारी, रतुवामाई, सुनवर्सी र रंगेली नगरपालिका छन् ।

सबैको नजर पर्ने र केन्द्रीय नेताको समेत ‘इन्ट्रेसट’ को विषय रहने विराटनगर उपमहानगरपालिकामा काँग्रेस र एमालेका धेरै आकांक्षी देखिएका छन् । काँग्रेसबाट मेयरमा नगर सभापति भीम पराजुली, जिल्ला सचिव नागेश कोइराला, नेपाल महिला संघकी पूर्व अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला, समाजसेवी फूलकुमार लालवानी, पार्टीका पुराना कार्यकर्ता त्रिलोचन रिजाल लगायतको नाममा चर्चामा छ ।

एमालेबाट मेयरमा पार्टीका मोरङ अध्यक्ष विनोद ढकाल, पूर्व अध्यक्ष महेश रेग्मी, जिल्ला सदस्य सागर थापा र बाबुराम कार्की लगायतको नाम चर्चामा छ । यस अघि पूर्व सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको नाम चर्चा रहे पनि उहाँले भने मेयरमा आफू नउठ्ने घोषणा गरिसक्नु भएको छ ।

माओवादी केन्द्रले भने मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई उठाउने निश्चित भइसकेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.