Websoft University

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरोधी आफ्नो भनाइ अब छोड्नुभएको छ


काठमाडौ, चैत २७ गते। रातो तारा डट कम, अन्तर्राष्ट्रिय 
समचार-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरोधी आफ्नो भनाइ छोड्नुभएको छ भने शुक्रबार चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तापछि उहाँहरूबीच उत्कृष्ट सम्बन्ध रहेको बताउनुभएको छ । 

फ्लोरिडाको मार–अ–लागो पर्यटनस्टलमा दुई नेताबीच भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पसले चीनसँगको सम्बन्धमा ठूलो प्रगति हासिल भएको बताउनु
भयो । उहाँले यस विषयमा वास्तवमै प्रगति भएको बताउनुभयो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचनमा चीनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेको बताउँदै दण्डात्मक कर लगाएर बेइजिङलाई दण्ड दिने बताउनुभएको थियो । 

चिनियाँ राष्ट्रपति सीले पनि शिखर बैठक निकै महत्वपूर्ण भएको बताउँदै न्यानो आतिथ्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुभयो । 

बेइजिङका सबैभन्दा शक्तिशाली नेता राष्ट्रपति सीले अमेरिकी समकक्षीलाई चीन भ्रमणको निमन्त्रणा दिनुभएको र यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गर्नुभएको बताइएको छ । रासस/एएफपी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.