Websoft University

मतदाता परिचयपत्र छपाई गर्न आयोगले थाल्यो


काठमाडौं,चैत २२ गते । रातो तारा डट कम,
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदाता परिचयपत्र छपाइ सुरु गरेको छ । आयोगले  हिजो देखि निजी कम्पनीमार्फत आफ्नै कार्यालय परिसरमा मतदाता परिचयपत्र छपाई गर्न थालेकोछ ।

फोटो सहितको मतदाता परिचयपत्रमा बाहकको नाम, जन्ममिति, नागरिकता नम्बर र जिल्ला, बाबु आमाको नाम, पति वा पत्नीको नाम, ठेगाना हुनु कासाथै मतदान केन्द्र समेत खुलाइएको छ ।

सुरक्षा प्रयोजनका लागि क्यूआर कोडका साथै प्यान्टोग्राफ, मोइक्रोटेक्स्ट र डिफ्यूज फ्रिन्टिङ जस्ता प्रविधि पनि परिचयपत्रमा जडान गरिएको छ । जसका कारण कसैले परिचयपत्र फोटोकपी वा अन्य प्रविधिबाट निकालेमा सहजै छुट्याउन सकिनेछ ।

स्थानीय तह निर्वाचनमा कूल मतदाता १ करोड ४० लाख ५४ हजार ४८२ छन् । निर्वाचन आयोगले सबै मतदातालाई हातहातमा परिचयपत्र पुर्‍याउने बताएको छ ।

मतदाता शिक्षा कार्यकर्ताले परिचय पत्र पनि बाँड्नेछन् । छुटेकाहरुलाई भने मतदान अधिकृतले मतदान केन्द्रमा नै मतदाता परिचयपत्र दिने व्यवस्था मिलाउने कुरा आयोगले
जानकारी गराएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.