Websoft University

खरिद एेन संसोधन फिर्ता लिन सरकार संग जोडदार माग




विराटनगर, चैत्र २२ गते । रातो तारा डट कम
निर्माण व्यवसायी संघ मोरङले सार्वजनिक खरिद नियामावली २०६४ मा भएको पाचौ सम्सोधनको विरोध जनाएको छ ।

आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी संघले सो नियामावलीमा विरोध जनाएको हो । २०७३ साल फाल्गुन २६ गते नेपाल सरकारले सार्वजनिक खरिद नियमावली २०६४ संसोधन गरी उपभोक्ता समितीवाट गरिने निर्माण कार्यको हद ६० लाख देखि वृद्धी गरी १ करोड पुर्याएको र निर्माण कार्य गर्दा उपभोक्ता समुदायले ठुला औजार पनि प्रयोग गर्न सक्ने संसोधनमा व्यवस्था गरेकोले त्यसको घोर आपत्ती गर्दै सच्याउन निर्माण व्यवसायी संघले माग गरेको छ ।

यहि अवस्थामा निर्माण व्यवसायीहरुले काम गर्न नसक्ने अ्वस्था आएउने भएकोले सच्याउन माग गरेका छन् । उक्त ऐन संसोधन नसच्यार्ईए कडा आन्दोलनमा उत्रिने निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष सन्तोष ढुङगानाले वताउनुभयो । वैसाख ७ गते काठमान्डौमा हुन लागेको निर्माण व्यवसायी महासंघको राष्टिय भेलाले आन्दोलनका कार्यक्रमहरु घोषण गर्ने जनाएको छ । संघले आजै जिल्ला प्रसासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत वुझाएको छ ।

पत्रकार सम्मेलनमा निर्माण व्यवसायी दिपेन्द्र काकी , कोषप्रसाद उपाध्याय लगायतले संसोधन सच्याउन माग गरेका थिए । देश भर जम्मा १२ हजार व्यवसायी रहेकोमा १० हजार व्यवसायी डि श्रेणीका रहेको र उनिहरुले १ करोड भन्दा कम लागतमा काम गर्ने हुँदा सवै व्यवसायीहरु पलायन हुने अवस्था आएकोले आज वाट देश भर दवाव तथा विरोधका कार्यक्रम गर्ने ढुङगानाले वताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.