Websoft University

दुग्घ प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा



इलाम चैत २३ गते। रातो तारा डट कम,
“एक जिल्ला, एक उत्पादन” गर्ने उद्देश्यले इलाम नगरपालिका वरबोटेमा निर्माण सुरु गरेको दुग्घ प्रशोधन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ ।

स्थानीय स्तरकै उत्पादन उपभोग गर्ने उद्देश्यले सञ्चालन हुने दुग्ध प्रसोधन केन्द्रको नेपाल सरकार कृषि मन्त्रालय र नेपाल उद्योग बाणिज्य महासंघको संयुक्त लगानीमा निर्माण भईरहेको छ । जिल्ला भित्र तथा वाहिरी क्षेत्रका दुधको समेत प्रशोधनको केन्द्रका रुपमा निर्माण गर्ने कार्य योजना रहेको छ ।

इलाम उद्योग वाणिज्य संघ इलामका प्रथम अध्यक्ष ईश्वर चिपालुका अनुसार खाद्यन्न, फलफुल, तरकारी, चिया आदि जस्ता बस्तुको उत्पादन तथा प्रशोधन गर्ने, पशु बधशाला सञ्चालन गर्ने र नेपाल सरकारबाट आयत गर्न स्वीकृति प्राप्त अन्य वस्तुहरु भारत, चीन लगायतका देशबाट आयात गर्ने जस्ता कार्य गर्र्ने रहेको छ ।

इलाम उद्योग वाणिज्य संघका सह–कार्यकारी सचिव जीवन रिजालका अनुसार भवनको निर्माणका लागि ५० लाख रुपयाँ लगानी गरिएको र मेसिन खरिद गर्नका लागि एक करोड ४२ लाख रुपयाँ रहेको छ । रिजालका अनुसार पछिल्लो समय किसानले कृषि सामाग्रीहरु उत्पादन गरेपनि उचित मूल्य पाउन नसकेको र त्यसलाई पनि व्यावस्थापन गर्नका लागि हामीले यो प्रशोधित केन्द्र निर्माण गर्न लागेको हो  ।

इलाम उद्योग वाणिज्य संघका कार्यकारी सचिब जीवन रिजालका अनुसार प्रशोधन केन्द्रको निर्माण बैशाख अन्तिममा सकिने र जेठको पहिलो हप्ता सम्ममा सुचारु गर्ने लक्ष्य रहेको छ ।  इलाम एग्रीगेट उद्योग द्धारा निर्माण भईरहेको प्रशोधन केन्द्रको प्राईभेट सेक्टरको स्वामीत्वमा रहने र यसका लागि एन आई सी बैंकंले लगानी गर्ने जनाइएको छ ।

सरकारको सहयोग राम्रो भएको खण्डमा केही बर्षमा नै प्रशोधित केन्द्रवाट सर्बसाधारण  तथा कृषकले उचित मूल्यमा वस्तुको मूल्य पाउने चिपालुको भनाई छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.