Websoft University

अफ्रिकी मुलुक युगान्डामा नेपाली सुपरभाइजरको हत्या



विराटनगर, बैशाख,१० गते । रातो तारा डट-रोजगारीको क्रममा १३ वर्षदेखि अफ्रिकी मुलुक युगान्डामा रहनु भएका एक नेपालीको हत्या भएको छ । भोजपुरको षडानन्द नगरपालिका साविकको केउरेनीपानी गाविस ९ का ३५ वर्षीय सीताराम बुढाथोकीको शनिबार हत्या भएको हो ।

 युगान्डाको कमौली स्थित उखु बगानमा सुपरभाईजरका रुपमा कार्यरत बुढाथोकीको स्थानीय कामदारले आक्रमण गरेर हत्या गरेको भतिजा जलेस बुढाथोकीले बताउनु भयो । उखु बगानमा कार्यरत मध्ये उहाँ एक मात्र नेपाली हुनु हुन्थ्यो ।

बुढाथोकी कार्यरत कम्पनीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सबै खर्च बेहोरेर शव नेपाल पठाउने प्रतिवद्धता जनाएको युगान्डामा कार्यरत गैरआवासिय नेपाली संघका अध्यक्ष रमेश कँडेललाई उद्रित गर्दै भतिता जलेसले बताउनु भयो । कँडेलले स्थानीय कामदारबीचको मनमुटावलाई साम्य पार्न खोज्दा उल्टै बुढाथोकीमाथि आक्रमण भएको प्रारम्भिक जानकारी प्राप्त भएको खवर आफन्तलाई दिनु भएको छ ।

हत्या गरेपछि उखु बगान नजिकै शव फ्यालिएको अवस्थामा फेला परेको थियो । जलेसका अनुसार कँडेलले युगान्डा सम्बन्धी मामला इजिप्टमा रहेको नेपाली नियोगले हेर्ने भएकाले बुढाथोकीको शव नेपाल फर्काउने र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर क्षतिपूर्तिका लागि पहल थालिने जानकारी दिनु भएको छ ।

जलेसका अनुसार युगान्डाको राजधानी काम्पलाबाट गाडीमा यात्रा गर्दा चार घण्टा लाग्ने उखु बगानमा बुढाथोकी एक मात्र नेपाली कामदार हुनुहुन्थ्यो । त्यही बगान अन्तर्गको चिनी कारखानामा अन्य तीन जना नेपाली कामदार कार्यरत छन् । युगान्डामा झन्डै ७० जना नेपाली कामदार रहेको जानकारी युगान्डामा कार्यरत गैरआवासिय नेपाली संघले दिएको जलेसले बताउनु भयो ।

परिवारले तत्काल बुढाथोकीको शव नेपाल ल्याउन र क्षतिपूर्तिका लागि पहल थाल्न सरकारसंग आग्रह गरेको छ । घटनापछि परिवारका सदस्य शोकमा डुबेका छन् । १४ वर्षदेखि युगान्डामा कार्यरत बुढाथोकी दुई वर्ष अघि नेपाल फर्कनु भएको थियो ।

 विवाह गरेपछि श्रीमती जानुका बुढाथोकीलाई साथमै लिएर उहाँ २०७२ सालको दशैं मानेर युगान्डा फर्कनु भएको थियो । उहाँकी युगान्डामै जन्मिएकी आठ महिनाकी छोरी पनि छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.