Websoft University

कारागारमा रहेका बालकलाई शैक्षिक सामग्री प्रदान

खोटाङ, चैत २१ गते। रातो तारा डट कम,
जिल्ला कारागार खोटाङमा रहेका चार आश्रित बालकलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

६० औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सक्रिय बचत तथा ऋण सहकारी, दिक्तेल बचत तथा ऋण सहकारी, लालुपाते बहुउद्देश्य सहकारी र खोटाङ दलित उद्यमी सहकारी संस्थाले आइतबार शैक्षिक सामग्री प्रदान गरेको हो ।

सहकारीले कारागारमा आश्रित जीवन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका दुई वर्षका रेसम राई, चार वर्षका सङ्गम राई, बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका पाँच वर्षका मौसम राई र बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका डेढ वर्षका सञ्जय तामाङलाई किताब, कापी, कलम,पेन्सिल, कलर बक्सलगायतका शैक्षिक सामग्री प्रदान गरेको हो ।

उनीहरुलाई सहकारीले खाजासमेत प्रदान गरेको छ । कारागारमा रहने बालबच्चाका लागि जिल्लामा कार्यरत पाँच सहकारी संस्थाले रु एक लाख चार हजारको अक्षय कोषसमेत स्थापनाको घोषणा गरेको छ ।

अक्षय कोषबाट आउने ब्याजबाट जेलमा बस्ने बालबच्चाको लेखपढमा सघाउ पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गर्ने तयारी गरिएको दिक्तेल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नुरकाजी सैंजूले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.