विराटनगर,चैत्र २१ गते । रातो तारा डट कम,
महिलाहरु आर्थिक र शैक्षिक रुपमा अगाडि बढ्न सकेमात्र लैङिग्क हिंसा कम भएर जाने आज विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
महिला तथा बालबालिका कार्यालय मोरङको आयोजनामा भएको लैङिग्क हिंसा निवारणमा सञ्चारकर्मीहरुको भूमिका विषयक अन्तरक्रियाका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले नेपालको संविधानमा छोरा समान छोरीलाई अंश र वंशमा अधिकार भनिएको भए पनि व्यावहारिक रुपमा कार्यान्वयन भई नसकेको जानकारी दिनुभयो ।
उहाँले महिलालाई शैक्षिक, आर्थिक, सामाजिक र राजनीतिक रुपमा सबल बनाउन सके लैङिग्क हिंसा कम भएर जाने उल्लेख गर्नुभयो ।
त्यस्तै महिला तथा बालबालिका कार्यालय मोरङकी प्रमुख दुर्गा बरालले महिलाहरुलाई सीप सिकाएर अगाडि बढाउन कार्यालयले विभिन्न प्रकारका कार्य गर्दै आएको जानकारी दिनुभयो ।
यस्तै कार्यक्रममा युनिसेफ विराटनगरकी बाल संरक्षण अधिकृत अन्नपूर्ण मिश्रले समुदायमा आधारित बाल संरक्षण तथा महिला संरक्षणका विषयमा सञ्चारकर्मीहरुको भूमिकाबारेमा अवगत गराउनुभएको थियो ।

Post a Comment