झापा,दमक- वैशाख,८ गते । रातो तारा डट कम,
झापाको दमकमा एकीकृत नेकपा माआवादी केन्द्रले ससक्तै रूपमा रुपमा चुनावको प्रचार प्रसार सुरुगरेको छ ।
विभिन्न साँस्कृतिक कार्यक्रमदेखि लिएर घरदैलोसम्म धमाधम गरिरहेको छ । उम्मेदवारहरु उत्साहित भएर प्रचारप्रसार र मतमाग्ने काममा ब्यस्त रहेको पाईएको छ ।
दमक नगरपालिका वडा नं ५ मा दलित महिला कोटाको सदस्य उम्मेदवार बन्नु भएकी बिमला सुन्दास दुई हप्ताको बच्चा च्यापेर मत माग्दै हिडेकि छिन् ।
घरदैलो र पार्टीले आयोजना गरेका कार्यक्रमहरुमा उनी भोट माग्नका लागि हिडेकी हुन् । सुन्दासले यस्तो अवसर फेरि नआउने भएकाले आफू चुनावी प्रचारमा हिडेको बताइन।
आजको गोरखापत्रमा खबर छ–आफ्नो र बच्चाको स्वास्थ्य राम्रो भएको र अप्ठेरो नलागेको उनको भनाइ रहेको छ । पार्टीका सबैजना भोट माग्न हिडेको देख्दा आफूलाइ घरमा बसिरहन मन नलागेको र आफू पनि हिडेको उनको भनाई रहेको छ ।
भोट माग्ने क्रममा उपस्थिति हुदा उनको बिषयमा चासो राख्नेहरु धेरै भेटिएको बताइन्छ । माओवादी केन्द्रका दमक नगर सहइन्चार्ज बेदु गौतमका अनुसार सुत्केरी सुन्दासलाई स्वास्थ्य समस्या भए कार्यक्रममा सहभागिता नजनाउन आग्रह गरिएपनि आफै उत्साहित भएर मत माग्नका लागि हिडेको बताउछिन् ।
उनी सहितका उम्मेद्वारहरु उत्साहका साथ अहिले मत मागिरहेको गौतमले बताए ।
Post a Comment