विराटनगर, चैत २६ गते । रातो तारा डट कम,आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि पूर्व क्षेत्रमा १६ हजार ७ सय ७२ जना म्यादी प्रहरी छनोट भएका छन् ।
क्षेत्रिय प्रहरी कार्यालय विराटनगरका अनुसार छनाट भएका मध्ये पुरुष १३ हजार ३ सय ७६ तथा महिला ३ हजार ३ सय ९६ छन् । २ हजार ४ सय ६४ जना वैकल्पिकको रुपमा छनोट गरिएको छ ।
म्यादी प्रहरी छनौटमा सवै भन्दा वढी मोरङमा २३ सय ४६ छनोट भएका छन् । झापामा २१ सय १४, ईलाममा ८सय ४३, पाँचथरमा ७ सय २३, ताप्लेजुङमा ५ सय १७, सुनसरीमा १४ सय ५९, धनकुटामा ७ सय ७८, तेह्रथुममा ४ सय, भोजपुरमा ४ सय ९२, संखुवासभामा ४ सय ८८, सप्तरीमा २२ सय ८९, सिरहामा १९ सय ३२, उदयपुरमा ६ सय ३८, खोटाङ ७ सय ३०, ओखलढुंगामा ४ सय ७७ र सोलुखुम्बुमा ५ सय ४६ जना रहेका छन् ।
नेपाल प्रहरीले स्थनीय तहको निर्वाचन सुरक्षार्थ कुल ७५ हजार म्यादी प्रहरी भर्नाका लागी आव्हान गरेको थियो । गत चैत्र ११ देखि १७ गतेसम्म आवेदन खुल्ला गरेकोमा पूर्वाञ्चलमा मात्रै ४६ हजार बढीले आवेदन परेको थियो ।
गृह मन्त्रालयको केन्द्रिय सुरक्षा नीति अनुरुप पूर्वाञ्चलको निर्वाचन सुरक्षाका लागि २५ हजारको संख्यामा नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गर्ने तयारी भएको छ । जसमा ११ हजार नेपाल प्रहरीसहित थप १४ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षाको लागि खटिने भएका छन।
Post a Comment