विराटनगर, चैत २७ गते । रातो तारा डट कम,
दुई बर्षअघि धार्मिक प्रवचन सुन्न पुगेका दुई दर्जन नेपालीहरु डेढ बर्ष कारागारामा बसेपछि पनि अहिलेसम्म कानुनी झण्झटबाट मुक्त हुन पाएको छैन् ।
पूर्ण ब्रह्म कबीर उपासक समाज,नेपालले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर कानुनी झण्झटबाट मुक्त पार्नका लागि नेपाल सरकारलाई पहल गर्न आग्रह गरेको छ ।
भारतको हरियाणा राज्यस्थित हिसार बलवालाको सतलोक आश्रममा रामपालजी महराजको प्रवचन सुन्ने क्रममा सन् २०१४को नोभेम्बरमा २४ जना नेपालीसहित नौंसय भारतीय पक्राउमा परेको सो सामाजका कामु अध्यक्ष केशवप्रसाद मैनालीले बताउनुभयो ।
पक्राउमा परेका सवैजनालाई डेढ बर्ष कारावासमा राखियो र अहिले रु एक लाख भारतीय मुद्रा धरौंटी लिएर १५÷१५ दिनमा उपस्थित हुन तारेखमा राखेको उहाँले जानकारी गराउनुभयो ।
विनाकसुरमा पक्राउमा परेका नेपालीहरुका लागि सरकारबाट पहल गरी कानुनी झण्झटलाई अन्त्य गर्नेतर्फ ठोस कदम चाल्न माग गरिएको छ ।
Post a Comment