Websoft University

अरुण थुनिएर ३ किमी बाध जस्तो बनेपछि एउटा गाउँनै जोखिममा

  

संखुवासभा,बैशाख ८ गते । रातो तारा डट कम,
संखुवासभाको हटियामा पर्ने स्याक्सिला गोलामा अरुण नदी थुनिएको छ । अरुण नदी थुनिएपछि ३ किलोमिटर बाध जस्तो बनेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताउनु भयो । 



बरुण नदीले बगाएर ल्याएको ढुंगा गिटी बालुवाले अरुणलाई छेकेकोछ। त्यस क्षेत्रका ८० परिवार जोखिममा रहेको केसीले बताउनु भयो । 

उद्धारका लागि हेदांनाबाट प्रहरी नायब निरिक्षक सईको नेतृत्वमा २२ र हटियागोलाका १३ जना प्रहरी घटनास्थल  पुगिसकेको छ । अहिले जिल्ला दैबिप्रकोप उद्धार समितिको बैठक बसिरहेको छ । घटना स्थल सदरमुकाम खादबारीबाट २ दिनको पैदलमा पर्छ । 


प्रमुख जिल्ला अधिकारी शीवराज जोशीका अनुसार त्यस“ क्षेत्रमा नेपाली सेना पनि खटिइकेको छ । केही बेर पछि सेनाको हेलिकप्टरबाट घटनास्थलको निरीक्ष्ँण गर्ने र थप सुरक्षाकर्मी उद्धारका लागि सदरमुकाम खाँदबारीबाट लैजाने उनले बताए । 

अरुण नदी छेउछाउका बस्तिका सर्वसाधारणलाई सजक भएर बस्न प्रशासनले आग्रह समेत गरेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.