Websoft University

आठराई खाम्लालुङ मेलामा ४ खेल हुदै


अमृत बास्तोला, तेह्रथुम, बैशाख ४ गते । (फायल फोटो)
नव वर्ष २०७४ को अवसरमा आयोजित आठराई खाम्लालुङ मेलामा सोमबार पुरुष फुटवल र महिला फुटबलका दुईदुई खेलहरु सम्पन्न भएका छन । बैशाख १ गते बाट जारी मेलाको चौथो दिन आयोजक टिम र सम्दु बि टिम बीच भएको पहिलो खुल्ला महिला फुटवल प्रतियोगीतामा २ गोलको विरुद्ध ३ गोल गर्दै सम्दु बि टिम फाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै चम्किलो तारा युवा क्लब ईवा र सम्दु ए टिम बीच भएको महिला तर्फको दोस्रो खेलमा २-० को, गोलान्तर गर्दै चम्किलो तारा युवा क्लब ईवा विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । संक्रान्तिबजार र आयोजक ए बीच भएको पुरूष तर्फको तेस्रोे खेलमा ४-३ को गोलान्तरले संक्रान्तिबजार पराजित भई आयोजक ए टिम सेमिफाइनलमा पुगेको छ ।

सोमबार सम्पन्न सृजनशिल युवा क्लब खाम्लालुङ र नमुना युवा क्लब रानिटार पाँचथर बीचको अन्तिम खेलमा ० विरुद्ध १ गोल गर्दै नमुना युवा क्लब रानिटार पाँचथर बिजयी भई सेमिफाइनलमा पुगेको छ ।

बैशाक ६ गते सम्म संचालन हुने मेलामा फुटवल प्रतियोगीता सँगै खुल्ला नृत्य, लोकदोहोरी, धान नाच, सटफुट छेलो लगायतका साँस्कृतिक तथा खेलकुद प्रतियोगीताहरु रहेको मेला आयोजक समितिले जनाएको छ ।

महेन्द्र माविको खेलमैदानमा आयोजित पुरुष फुटवल तर्फ प्रथम हुने टिमले नगद १ लाख र महिला फुटवल तर्फ प्रथम हुने टिमले नगद २५ हजार रुपैया पाउने आठराई खाम्लालुङ मेलाका कोषाध्यक्ष सुमन खापुङले जानकारी दिनु भयो ।

 मेलामा आयोजित साँस्कृतिक तर्फका प्रतियोगीताहरु भने बैशाख ५ गते मंगलबार संचालन हुने बाताइएको छ । मेलामा खुल्ला पुरुष फुटवल प्रतियोगीतामा १४ टिम र महिला फुटवल प्रतियोगीतामा ५ टिमले सहभागीता जनाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.