Websoft University

बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिभिन्न सेवाहरु उपलब्द गराउदे



मोरङ चैत २४ गते । रातो तारा डट कम,बिराटनगरको टंकीसिनुवारीमा रहेको यो अस्पतालले उपचारका बिभिन्न सुबिधाहरु धप गरेको जानकारी गराएकोछ ।

बिराट मेडिकल टिचिङ कलेज टिचिङ हस्पिटलले आर्थिक अभाव भएका मानिसहरुले स्वस्थ्यउपचारको सुबिधामा सजिलै पौच राख्न सकुन भनेर बिभिन्न सुबिधाहरु थप गरेर सेवा दिन थालेको कुरा आज पत्रकार सम्मेलन गरेर अस्पताल मेनेजर अरबिन्द मण्डले जानकारी गराउनु भएको थियो ।

गर्भवती महिलाहरुका लागि प्रत्येक बुधवार नि: सुल्क जाच
र छुटमा ल्याप परिक्षण समेत गर्दै आएको डाक्टर सन्जय यादवले पत्रकार हरुलाई जानकारी गराउनु भयो ।

मानिसको मेरु दण्ड भाचिएको नसा च्यापिएको ट्युमर जन्म जात ढाड कुपरो बागो समेतको अपरेशनबाट उपचार हुने कुराको जानकारी डाक्टर सन्जय यादव र डाक्टर सुभास
चन्द्र इााले गराउनुभएको थियो ।

२०७४ साल बैशाख १ गते बाट अइौ सुबिधामा थप गरी एमरजेन्सी अपरेशन र उपचारको लागि सेवा नै स्थापना गरिने जानकारी गराईएको थियो ।

अस्पताल प्रशासन प्रमुख सुधिर र्सिह राठोरले आफना कुरा राख्दै, महिलाहरुको पाठेघर, आंग इार्ने, अण्डाकोषको उपचार नि :सुल्क गर्न लागिएको जानकारी गराउनु भयो ।

त्यसैगरी आगामी नयाँ वर्षबाट बिभिन्न रोगहरुको उपचारमा नि:सुल्क र ससुल्कमा पनि कम सुल्क लिएर बिरामीहरुको उपचार अस्पतालले गर्ने जानकारी गराउनु भयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.