बिराटनगर, बैशाख ३ गते । रातो तारा डट कम-परराष्ट्र मन्त्रालयमा वार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको
छ । पारिवारिक तथा वैदेशिक भत्ता,औषधि उपचार खर्चलगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो ।
महालेखा परीक्षकको कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदनमा अनियमितता औंल्याइएको छ ।
महालेखा परीक्षकको ५४ औं वार्षिक प्रतिवेदनमा परराष्ट्र मन्त्रालय र मातहतका ३९ कार्यालयको उक्त आवको लेखापरीक्षण गर्दा ४१ करोड ८६ लाख ४७ हजार रुपैयाँ बेरुज देखाइएको छ ।
बेरुजुमध्ये करिब २४ करोड अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ । नागरिक दैनिक बाट
Post a Comment