Websoft University

महाभारतले ६०औं सहकारी दिवस विविध रचनात्मक कार्यक्रम गरि मनायो


मोरङ चैत २१ गते।रातो तारा डट कम,
केराबारी गाउँपालिका सिंहदेवी /युवराज ठकुरी
उत्तरी मोरङ, केराबारी गाउँपालिका-२ सिंहदेवीमा २०६३सालमा स्थापित महाभारत बचत तथा ऋण सहकारी सस्थाले चैत २०गते ६०औं राष्ट्रिय सहकारी दिवस विविध रचनात्मक कार्यक्रम गरि भव्यरुमा मनाएको छ।

संस्थामा आबद्ध सेयर सदस्यहरुलाई सहभागी गराएर विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरि मनाएको संस्थाका व्यवस्थापक मनोज अधिकारीले बताए।
 उत्तरी मोरङमै उत्कृष्ट सहकारीका रूपमा पुरस्कार प्राप्त गरिसकेको महभारतले वर्षै पिच्छे यस प्रकारका कार्यक्रम गर्दै आएको छ।

यस वर्षको सहकारी दिवसमा पुरुष सेयर सदस्यका लागि चेस प्रतियोगिता,छेलो हान्ने प्रतियोगिता र दौड प्रतियोगिता त्यसै गरि बाल बचतकर्ता सदस्य  लागि दौड प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता र महिला सेयर सदस्यका लागि म्युजिकल चेयर प्रतियोगिताको आयोजना गरिएको संस्थाका सचिब भीमबहादुर ठकुरीले बताए।

चेस प्रतियोगितामा निराजन अधिकारी प्रथम,देवी राई दोस्रो,भीमबहादुर ठकुरी तेस्रो भएका थिए।त्यसै गरि पुरुष दौड तर्फ सुजन खड्का प्रथम,बिमल गुरुङ दोस्रो र मनोज राई तेस्रो भएका थिए। त्यसै गरि हाजिरी जबाफमा सृष्टिराई,सुजाता राई,सुरज राई,बिबन लिम्बू तोर्ण लिम्ब प्रथम,सन्देश खड्का,सुदिक्षा खड्का बिमल मगर र रबिन मगर दोस्रो र रन्जन कट्टेल चन्द्रमाया मगर,अन्जना मगर,माइकल लिम्बू सिर्जना लिम्बू तेस्रो भएका थिए।

छेलो हान्ने प्रतियोगितामा प्रेम लिम्बू प्रथम र लिला लिम्बूले दोस्रो स्थान प्राप्त गरेका थिए। कार्यक्रमका अतिथिहरुमा सुनधाकृषी सहकारीका अध्यक्ष प्रेमबहादुर लिम्बू,जेफाले महिला सहकारीका कुमारी खड्का,केराबारी गाउँपालिका-२वडा कार्यलयका रन्जित बुढाथोकी लक्ष्मीप्राविका कमल ठकुरी लगाएतको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.