Websoft University

जथाभाबी खोटो निकाल्दा सल्लाको जङ्गल विनाश हुन थालो



गाईघाट,उदयपुर चैत २८ गते । रातो तारा डट कम,
उदयपुर जिल्लाको पश्चिमी र मध्य पहाडी क्षेत्रका सल्लाघारी जङ्गलबाट जथाभाबी सल्लाको खोटो निकाल्ने कार्यले सल्लाको जङ्गल विनाश हुँदै जान थालेको छ ।

जिल्लाको पश्चिमी पहाडी क्षेत्रको रुपाटार, ओख्ले, ताप्ली, लेखगाउँ, हर्देनी तथा मध्यपहाडी क्षेत्रको इनामे, तावाश्रीलगायत क्षेत्रका सल्लाघारी जङ्गलबाट अहिले मनपरी खोटो निकाल्ने कार्यले हजारौँ सल्लाका रूख मरिसकेको ताप्ली–४ का रुद्रबहादुर खत्रीले बताउनुभयो ।

धमाधम वन मासिनलाग्दा पनि सम्बन्धित वनका कर्मचारी तथा वन उपभोक्ता समितिका पदाधिकारीले भने यसतर्फ कुनै ध्यान नदिएको इनामेका दावा नोर्बु शेर्पाको गुनासो छ ।

जिल्ला वन कार्यालयका अनुसार हाल उदयपुरमा झन्डै एक लाख ७० हजार हेक्टर क्षेत्रफल वन क्षेत्र छ भने यसमा सल्लाघारी वन मात्र झन्डै दुई हजार चार सय हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

गत आवमा मात्र यस क्षेत्रका सल्लाघारी जङ्गलबाट यसरी नै मनपरी खोटो निकाल्ने कार्य हुँदा एक लाख ६६ हजार दुई सय ५० केजी खोटो निकालिएको रुपाटारका दीपेश खड्काले बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.