झापा, बैशाख ७ गते । रातो तारा डट कम-प्रधानमन्त्री पुष्पकमल दाहालले कुनैपनि हालतमा तोकिएकै मितिमा निर्वाचन हुने कुरा आज झापामा दाहोर्याउनुभएको छ ।
झापाको विर्तामोडमा आयोजित योङ कम्युनिष्ट लिग र अनेरास्ववियु क्रान्तिकारीको जिल्ला सम्मेलन उदघाटन समारोह तथा जनसभालाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहालले मधेसी मोर्चालाई चुनावमा ल्याउने सरकारको प्रयास जारी रहेको र मोर्चापनि चुनावमा आउने आफुलाई बिश्वास रहेको स्पष्ट पार्नुभयो।
उहाले मधेसी मोर्चाले स्थानीय तहको निर्वाचन बहिस्कार गरे त्यो मोर्चाको ऐतिहासिक भुल हुने उल्लेख गर्नुभयो ।
सभामा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की, नेता गोपाल किराती लगायतले सम्बोधन गर्नुभएको थियो ।
Post a Comment