मोरङ-पथरी, वैशाख ८ गते । रातो तारा डट कम-सट्टाभर्नाका नाममा आँखा गाडिएको मोरङको पथरीशनिश्चरे १० मा भूटानी शरणार्थीको वसोवास रहेको बहुमुल्य जग्गा व्यक्तिलाई कुनै पनि हालतमा बन क्षेत्रको जग्गा भोगचलन गर्न नदिने स्थानीयवासीले बताइ रहदा मोरङ बन कार्यालय चुप भाकोछ।
स्थानीय पशुपति सामुदायिक वन उपभोक्ता समूहले जिल्ला वन कार्यालय र त्यसमातहतका निकाय तथा स्थानीयसँग गरेको छलफलमा सो जग्गालाई नगरपालिकाको सम्पत्तीका रुपमा हस्तान्तरण गर्नुपर्ने राय व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै स्थानीयले सट्टाभर्नाको नाममा बहुमुल्य जग्गामाथि भूमाफियाहरुले आँखा लगाएर पटक पटक नियन्त्रणको प्रयास गरेको बताएका छन् ।
युवाहरु सहितको स्थानीयको रायको प्रतिनिधित्व गर्दै उत्तम राईले सट्टाभर्नाको नाममा भएको भूमाफियाको चलखेललाई रोक्दै यहाँको जग्गा नगरपालिकाको कार्यालयका लागि व्यवस्थापन गर्न माग गर्नुभयो ।
सट्टाभर्ना समितिमार्फत यसअघि भएको नाँपचाँज कार्यप्रति सहभागिले खेद व्यक्त गरे । खाली रहेको जग्गामा बृक्षारोपण गर्दै जाने भन्ने वन समूहको योजनामा सहभागिले समर्थन नजनाई खाली नै छोड्ने सुझाव दिए ।
कार्यक्रममा सहभागि जिल्ला वन कार्यालयकी सहायक प्रमुख सरोजा कोइरालाले वन क्षेत्रको संरक्षित जग्गा सट्टाभर्नाका नाममा कसैले त्यसखाले गतिविधि गरेमा वन कार्यालयले रोक्ने बताउनु भयो । साथै उहाँले शरणार्थी उठेपछि सो जग्गालाई के गर्ने भन्ने बारेमा स्थानीयको समेत परामर्श लिइने जनाउनुभयो ।
सो वनको व्लक नम्बर ४ मा पर्ने शिविर क्षेत्रमा गत चैत २ गते बेलबारी नापी शाखाका अमिन रमेश यादव सहितको नेतृत्वमा जनतालाई खबर नगरि अत्याधुनिक औजार जीपीएस सहित टोली आएर जग्गा नाप्न थाले पछि त्यहाबाट टोलिलाइ खेदेका थिए ।
सट्टाभर्नाको जग्गा छुट्याउने नाममा आएको सो टोलीलाई वन समूह र स्थानीयवासीले नियन्त्रणमा लिई सेक्टर वन कार्यालय मंगलबारेमा बुझाएका थिए । टोलीले प्रयोग गरेको वा. २ झ २३५३ नम्बरको गाडी र नापजाँचमा संलग्न औजार समेत नियन्त्रणमा लिई आवस्यक कारबाहीका लागि बुझाएपनि वन कार्यालयले तत्काल छोडेको थियो ।
आफुहरुले वर्षाैंदेखि संरक्षण गर्दै आएको र भूटानी शरणार्थीका लागि निश्चित अवधिका निम्ति बसोवासका लागि दिएको वन क्षेत्रको सो जग्गामा यसअघि पनि सट्टाभर्नाका नाममा चलखेल हुँदै आएको स्थानीयले बताएका छन् ।
रातारात कागजात तयार पारी नाप जाँच नै गर्न थालेपछि उनीहरु आन्दोलित हुँदै आएका छन् । बनको निजि बनउन
मालपोत बन नापी का कुन कुन कर्मचारी को मिलेत्वमा काम हुँदै तिनलाई खोजिगरि कार्वाही हुनुपर्छ भन्छन स्थानीय जनता।
Post a Comment