Websoft University

निजी बिधालयहरूले थरीथरीका पब्लिकेसनको किताब किन्नु बाध्य गराउदा अभिभावक तनावमा


काठमाडौं, चैत २८ गते। रातो तारा डट कम,सरकारको
सिक्षा मंन्त्रालय, सिक्षा कार्यलयहरूले निगरानी नगर्दा
निजी निधालयमा मनपरि तन्त्र फष्टाको हो।

निजी बिधालयहरूको नयाँ शैक्षिक भर्ना सुरु भएसँगै अभिभावकलाई किताब किन्ने,नानी भर्ना गराउने र विभिन्न थरीका शुल्कको भारले तनाव हुने गरेको छ । यो वर्ष पनि यही क्रमले निरन्तरता पाउँदैछ ।

बाबुनानी कक्षा चढेकोमा खुसी हुनुपर्ने अभिभावकलाई यति बेला पुस्तक जुटाउने समस्याले पिरोलेको आजको नागरिक दैनिकले लेखेको छ ।

‘ऋण नै लिएर नानीहरुको किताब किन्नुपर्यो’ ललितपुरस्थित लिटिल एन्जल्स स्कुलका एक अभिभावकले भने, ‘दुई छोराछोरीको कापीकिताब किन्न नौ हजार रुपैयाँ खर्च गर्नुपर्यो। त्यसमाथि थरीथरीका पब्लिकेसनको किताब किन्नुपर्ने झन्झटले वाक्कै बनायो ।

आखिरमा स्कुलले भनेकै पसलबाट किन्न बाध्य भएँ।
यसपटक उनका एक छोरी ७ र अर्की छोरी ४ कक्षामा
भर्ना भएका छन् ।

स्कुल सञ्चालकले कमिसनको चक्करमा थरीथरीका पब्लिकेसनका पुस्तक सिफारिस गर्ने, उनीहरुले भनेकै ठाउँबाट किताब किन्नुपर्ने तर छुट नदिने, अन्यत्र किताब
किन्न नपाइनेजस्ता कारण मर्का परेको अभिभावकको गुनासो
छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.