विराटनगर, चैत्र २१ गते । रातो तारा डट कम,
कोशी अञ्चलमा सञ्चालन भएको प्रहरीको डेल्टा अप्रेसनले लगातार लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रम तीव्र पारेको छ ।
अञ्चल प्रहरी कार्यालय कोशीको मातहतमा धरानलाई केन्द्रबिन्दु बनाएर कोशीका ६ वटै जिल्लामा सञ्चालन गरेको डेल्टा अप्रेशनअन्तर्गत ठूलो परिमाणको लागू औषधसहित कारोबारीलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
विशेष गरी हत्या, लागूऔषध, चोरी डकैती, गुण्डागर्दीलाई न्यूनीकरण गर्न अप्रेशन थालिएको भए पनि धरानमा भने जल्दोबल्दो समस्याका रुपमा लिइएको लागूऔषध नियन्त्रणमा अप्रेशन केन्द्रित बनेको छ ।
अप्रेसन सुरु भएको दुई हप्तामै प्रहरीले ४ जना लागूऔषध कारोबारीलाई पक्राउ गरिसकेको छ । हिजो मात्रै प्रहरीले धरान–९ मा डेरा गरी बस्ने ३२ वर्षीय मनोज माझीलाई लागूऔषसहित पक्राउ गरेको छ ।
माझीको डेरामा लुकाइछिपाई राखेको अवस्थामा १ एम्पुल एभिल, २ एम्पुल डाइजेपाम र ४ एम्पुल लुपिजेसिकसहित २७६ क्याप्सुल स्पास्मो प्रोक्सिभन पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
Post a Comment